आज निकै अन्तराल पछि कलम चलाउन पुगे,
तिमीसँगको भेट, बिताएका क्षण, आँखा आगाडी आउन थाले,
मेरो सानो गल्तीले छुटेको हाम्रो वर्षौंको साथ
प्रारम्भ दुवैले तर अन्त्य म एक्लैले गर्न पुगेँ।
साथी भनी बढाएको ती हात जीवन धान्ने डोरी बन्यो,
तर त्यो विश्वासको डोरीलाई मैले असत्यको धारीले काट्न पुगे,
माफी मागी, आँसु बगाई, साथको आश राख्यौं तिम्ले
आज हेर, तिम्रो आँसु र मेरो हृदयको हत्यारा भै पापको भोगी हुन पुगे।
त्यो पहिलो भेट विर्सिन्न भन्थिए, बिर्सिए मैले,
तिम्रो साथ छोड्दैँन भन्थिए, छोडे मैले,
मेरो जिद्दी बानीलाई जसरी नि समाल्छु भन्यौ होइन?
आज हेर यही जिद्दिले तिमीलाई त भुलेँभुलेँ, सँगै आफूलाई नि भुले मैले।
सारा सपना, रहर बाढेका थियौं ,
त्यो भन्दा धेरै एक अर्काको साथ मागेको थियौं,
कहिले नमेटिने गरी ग्रहण लाग्यो हाम्रो मित्रतामा
आ-आफ्नो बाटो मोडेका हामी -केही पहिले यही बाटोमा सँगै हिँडेका थियौँ।
आज नि तिम्ले गंगुनाएको गीत सुन्दा सम्झिन्छु तिम्लाई,
घडीमा बिहानको ३ बज्दा रातभर गरेका मीठा बात सम्झ, सम्झिन्छु तिम्लाई,
तिमीसँगको हरेक सम्झना हुन्छ मसँग, हुँदैनौ त मात्र तिमी
मैले दिएको पीडा प्रति क्षमा छु म, र अहिले पनि धेरै सम्झना छ तिम्लाई।।।।
(सत्य घटनामा आधारित होइन हजुर।।।)
-Sijan Shah