Nepali Poem | कोसेली ‎| Suman Bhattarai

Suman Bhattarai Nepali Poem

‎कतै; कहिल्यै र कसैबाट
‎नछिचोलिएको एउटा् देहात हुनु..
‎हरियालीका माझ
‎बोटको पहेलो पात हुनु ;
‎अर्थहीन र रंगहिनताको
‎एक्लोपनको आफुमा मात हुनु !
‎सबै, नित्य लाग्छन !
‎आड छुटेपछि मान्छेलाई
‎विडम्बनाहरू नित्य लाग्ने रहेछन्।

‎प्रकृतिको घमण्डमा
‎मैले मेरो बसन्तलाई जान दिएछु !
‎त्यसैले, प्रिय मान्छे
‎ऋतुहरू बुझ्नु
‎रितहरूमा रुझ्नु
‎र कोसेलीमा बसन्त बोकेर
‎चाँडै फर्कनु !
‎म पालुवा फेर्ने आशामा
‎जवानीको दोबाटोमा
‎तिमीलाई कुरीबसेको छु।

‎मलाई एकपल्ट पुनः
‎हरियो हुन मन छ।

 

 

Read More From Suman Bhattarai:

 

Read Poem Written by Suman Bhattarai: 

 

Read More Travel Stories From Offline Thinker:

 

 

Read More Nepali Story at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *