Nepali Poem | यो कस्तो यात्रा, कस्तो गन्तव्य? | Prashant Bagale

Prashant Bagale

यो कस्तो यात्रा,
कस्तो गन्तव्य?

म आफ्नै दुनियाँमा
सपनाका बादलहरुभित्र
हावा बनी लुकामारी खेल्दै थिए,
हावा न थिए
तिमिले फेर्ने सास बनेर
खै कतिबेला थाहा नै नहुने गरि
तिमी भित्रै पो पुगेछु
कुनै निश्चिति गन्तव्य बिना।

अनि
भौतारिन थाले बिस्तारै
तिम्रो मनको कुनाकुनामा
फेरि निस्कनै नसक्ने गरि।

अहिले
म यात्रा गरिरहेछु तिमिभित्रै
बाहिर निस्कने तयारी बिना।

 

Read More From Prashant Bagale:

 

 

 

 

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *