कहिले मस्तिष्कले
कहिले मन मुटुले
कहिले मैले दुवैले लेखिरहेको छु ।
मलाई थाहा छैन
के लेखे मात्र कविता बन्छ
कसरी लेखे मात्र कविता बन्छ
वा, कसले लेखे मात्र कविता बन्छ
बिन्ती,
मेरो चिर्कटोमा
कविताको तोक लाइदिनुस्, मौसुफ ।

Read More Nepali poem collection From Pari Vikram:
Read More Nepali Poem at Offline Thinker:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

