सम्झे सम्झ न आजै, भोलि भुली जाने हो
जून झरी जाने हो, घाम फुली जाने हो
तिमी बयेली खेल्दै आउन बरु के गर्छौ ?
म त बाला हालेको धान झुली जाने हो
हिउँ जसरी सोहोर्ने त दुःख मात्रै रैछ
सुख्ख त यार्सागुम्बा झैँ बटुली जाने हो
वाचा त गरेँ, हामी चाँडो नै भेट्नेछौँ
खै आँखा कुन बिहानसम्म खुली जाने हो
मन पनि सङ्गै सङ्गै बिटुलाउँदै गएछौ
भन्दै- जम्मा दुइटा कप बिटुली जाने हो
परिविक्रम (२०८१-०७-२१)
Read More Nepali poem collection From Pari Vikram:
Read More Nepali Poem at Offline Thinker:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

