Nepali Poem | भोलि आफ्नै मलामी पनि त जानु छ | Sajira Shrestha
आमाको आशा, बुवाको सपना पूरा गर्न आफ्नो योवन धितो राखी हिँड्दैछु । आफ्ना रहर र इच्छालाई मनमै मारी जीवनको यात्रामा अल्झदैछु । भोको पेट र अनिद्रो आँखा हराएको जोश जाँगर लिएर एकाबिहानै खटिन निस्कन्छु । आफ्नो आजको रहरलाई बिर्सिएर अन्जान भविष्य निको पार्न खोज्दै छु। साथी भाईको गफगाफमा साहुको गाली बिर्सन्छु, घरको ऋणको […]

