‘याद आउछ घरको तर देशको आउदैन’ | Sajira Shrestha | Nepali Poem

Sajira Shrestha

खाना खाँदै थिए, आमाले भन्नु भयो
‘रमेश काकाको छोरा पनि विदेश गएछ नि।’
अस्ति भर्खर मिल्ने साथीलाई विमानस्थल पुराएर आएको म
सोचेँ आज फेरी एउटा युवा विदेश उढेछ।

फेसबुक खोलेर हेर्छु..
कसैको विमानस्थलमा बिदाईको फोटो,
कोइ विदेशमा दु:ख गर्दा गर्दै एकछिन रमाएको फोटो,
कि त कोहि आफ्ना मिल्ने मान्छेसंग अन्तिम पटक रमाइलो गरिरहेको फोटो,
अनि फेरी सोच्छु, ऒहो यो पनि विदेश जान लागेछ।

विदेशमै भएको आफ्नो दिदिलाई
फोन गरेर सोधेँ,
‘तलाई देशको याद आउँदैन ?’
उसले भनि,
‘आमाले पकाउनु भएको कालो दाल , भात र आचारको याद आउँछ
तर देशको याद आउँदैन।’

‘खाजा खान ५० रुपिया माग्दा, बुवाले दिनुभएको १०० रुपिया याद आउँछ
तर देशको याद आउँदैन।’
‘गुरुले पढाउँदा साथीहरुसंग कक्षामा हल्ला गरेको याद आउँछ
तर देशको याद आउँदैन।’
‘त, म र दाइ दिनभरी खेलेको आँगन याद आउँछ
तर देशको याद आउँदैन।’

 

दिदीले यसो भनि रहँदा, मैले पनि सोचेँ
‘याद आओस् पनि कसरी ?’
‘जुन देशमा दुर्घटनाग्रस्त क्षेत्रमा सहयोग गर्ने हात भन्दा, फोटो किच्ने हातहरु बढि हुन्छन् ,
त्यो देशको याद आउँछ कसरी।’
‘जुन देशमा क्रान्तिकारी आन्दोलनको नाममा पसल पसल लुटिन्छन्,
त्यो देशको याद आउँछ कसरी।’

‘जुन देशमा केहि गर्छु भन्नेहरुले आत्मादाह गर्नुपरेको छ,
त्यो देशको याद आउँछ कसरी।’
‘जुन देशमा म देश बनाउछु भन्ने व्यक्तित्वहरुमा केवल सत्ताको लोभ देख्दा,
त्यो देशको याद आउँछ कसरी।’

सोचमा डुबेको देखेर
दिदीले मलाई भन्नुभयो,
‘याद आउँछ घरको तर देशको आउदैन
‘ त्यसैले तँ पनि अब विदेश नै आइज,
त्यो देशमा बसेर केही काम छैन।’

 

Read More Poetry From Sajira Shrestha:

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your secret writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *