भन्छन् यो यात्रा हो
स्वर्ग र नर्क बीचको
अविस्मरणीय क्षण जहाँ,
हावाले सुस्केराका रेशा बुन्दै मलाई प्राण दिन्छ
हो मान्छु म, जन्म आमाले दिनुभयो, तर कर्म आफैले लेख्नुपर्छ भन्ने ठान्छु म।
हो मान्छु म, यात्रा गर्दा कहिले उकाली त कहिले ओरली झर्नुपर्छ
के को घमण्ड गर्छौ प्रिय जब आन्तिममा मर्नु नै पर्छ?
हातका रेखा साना अनि भाग्य निधारमा लेखिन्छ भनी ,
जब झुठा आशामा झुठा सपना बुन्छौ तिमी के साँचो होला त ?
जब आफूलाई अर्काको दासी ठान्छौँ तिमी ।
हो मान्छु म भगवान् छन् ,
होलान् माथि कतै यी तारा त्यो सूर्य र यी देखिने नक्षत्र भन्दा माथि
के थाहा दैवको पनि अर्कै संसार छ कि कतै मनुष्यको जस्तै?
तिमी लाचार छु भन्छौ, भन अब भित्री मनलाई साँची राखी हाँस्न सिक ,
उठाएर आँखा हेर्न सिक तर शिर झुकेको हुन्छ सदै, आखिर किन ?
आखिर किन डुब्छ घाम पश्चिम्मै सधैं?
आखिर किन टुट्छन् तारा अनि भिक्षा माग्छौ मनमनै?
आखिर किन जुध्छन् दानव, मानव शरीर धारण गरी?
आखिर किन फुट्छन् आवाज तर सुन्ने छैनन् कतै पनि?
आखिर किन लुट्छन् आस्था विश्वास दिँदै झुठै ?
हो म मान्छु भगवान् छन्, होलान् माथि कतै यी तारा त्यो सूर्य र यी देखिने नक्षत्र भन्दा माथि
के थाहा दैवको पनि अर्कै संसार छ कि कतै मनुष्यको जस्तै।
– Sauzan Dhakal
Read: धारा | Nepali Poem | Saujan Dhakal
Also Read: स्वर्गकी आप्सरा | Nepali Poem | Saujan Dhakal
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com