आज आकाश फरक देखिन्छ | Sudarshan Poudel
धेरैपछि आफ्नो कोठा सफा गर्दै गर्दा समीरले एउटा पुरानो एल्बम भेटाउँछ। एल्बम पल्टाउँदै गर्दा एउटा फोटोमा आएर उ रोकिन्छ। कक्षा १२ को ग्रुपफोटो थियो त्यो। उसको छेउमै उभिएकी थिइ प्रतिझा। त्यही एक फाेटाे उसको स्मृतिको कालो पानालाई पल्टाईदिन्छ।
***
कक्षा १२ को अन्तिम परीक्षा थियो। समिर परीक्षा सकेकाले खुशी थियो। एक्कासी आकाशमा बादल झुम्मिन थाले। आकाशको अनुहार कालो भयो अनि पानी दर्किन थाल्यो।
“धन्न छाता ल्याइएछ”, आफ्नो बुद्धिमानी प्रति गर्व गर्दै घरतिर लाग्दै थिए समिर। “आज भगवान साथमा छन्,” ऊ मनमनै भन्दैथियो, “परीक्षा पनि राम्रो भयो।”
हिड्दै गर्दा उसले अगाडी भिज्दै हिँडेकी प्रतिक्षालाई देख्यो। उसले फेरि सोच्यो,”साँच्चै ईश्वर दाहिने छन् आज।”
***
समीरको प्रथम तर एकतर्फी प्रेम थिई प्रतिक्षा। क्याम्पसको पहिलो दिन देखेको थियो प्रतिक्षालाई समिरले। मिलेको आँखीभौं, लामो परेला, कपाल सानो बनाएकी थिई काटेर।
मिलेको दात अनि दाँतलाई सुरक्षा दिइरहेका गुलाबी ओठ। चप्प जमेका ओँठ खुलेर गालाका दुई कुना छुँदा ऊ यति राम्री देखिन्थी कि समिर दिनभर हेरेर बस्न सक्थ्यो। नाकमा सेप्टम पिएरसिँग गरेर लगाएको सानो नोज रिङ्गले त झन् उसको मन एकहोरो बनाइदिन्थ्याे।
प्रेमीको अगाडि त झन मजबुत हुनुपर्ने उ भने कमजोर भई दिन्थ्यो। कहिले बोल्ने आट गर्न सकेन। निकै आँट गरेर केही औपचारिक कुरा मात्र हुन्थ्यो। अरुबेला भने उसलाई हेरी मात्र रहन्थ्यो। उसको जति गहिरो आँखा कसैको देखेको थिएन समिरले।
ऊ डुबी रहन सक्थ्यो उसको आँखाको अन्तर्हीन गहिराइसम्म पनि।
****
निकै ठूलो आँट गरेर उसले त्यो दिन हिँडिरहेका प्रतिक्षालाई आफ्नो छाताभित्र निम्तो दियो।
‘आउ! किन बिझ्ने हो र? छाता ठूलै छ शेयर गरौँ।”
केही नबोली उ पनि छाता मुनि आई।
भिजेको बेला अझै सुन्दर देखिने रहिछे। समिरको ढुकढुकी रेलको ईन्जिन जस्तै भयो। \बाहिर नै सुनिएको थियो सायद। एकछिन निशब्द हिँडिरहे दुईजना। समीर घरीघरी प्रतिक्षालाई हेर्थ्यो अनि अगाडि हेरी हाल्थ्यो।
कस्तो भयो आजको परिक्षा?”, प्रतिक्षाले नै मौनता तोडी।
“हँ!”, समिर झस्कियो, “ठिकै भयो अनि तिम्रो?”
“हा! हा! ” कटाक्ष जस्तो हाँसो हाँस्दै भनि, “पास हुन्छु होला सायद।”
फेरि मौनता छायो। हिँडिरहे दुबै नबोली, एउटै छाता मुनि। अलि पर पुगेपछि प्रतिक्षाले भनी, “कस्तो जाडो भो अहिले त!” दुवै कुम समाउँदै भनी,” चिया पिउँछौ?”
“पिउँछु” सानो स्वरमा समिरले भन्यो।
प्रतिक्षाले अचानक उर्जा आएजस्तो चञ्चल भएर भनी, “मेरो घर नजिकै छ। म चिया खुवाउँछु आफ्नै हातले बनाएर।”
“घर त नजाउ होला” सानो आवाजमा भन्यो मलाई गाह्रो लाग्छ।
“गार्हो रे?” अलिकति जिस्किँदै बोल्न लागि ऊ।
“उकालो चढ्नु पर्दैन। किचन ग्राउन्ड फ्लोरमा छ। अनि तिम्रो हेल्पको पेब्याक गर्नु परेन।”
समिर मुस्कुरायो अनि हार मान्यो। हारेर पनि खुशी थियो। घर पुगेर गेटबाटै “मामु” भन्दै भित्र छिरी प्रतीक्षा।
उत्तर आएन। घरमा कोही थिएन सायद।
“तिमी यहीँ बस्दै गर” लिभिङ रुमको सोफा देखाउँदै भनी, “म चिया बनाउँछु।”
समिर अच्चममा थियो। जहिले एउटा अनौपचारिक कुरा मात्र हुने, साथीसम्म नभएको सम्बन्ध आज के भइरहेको छ? यो पनि एउटा औपचारीकता मात्र थियो? के प्रतिक्षाको मन पनि समिरको जस्तै द्वन्द्वमा थियो? के समयले धर्म छाडेको थियो?
एकैछिनमा प्रतिक्षा चिया लिएर आई पुगी। भिजेको कपडा फेरिसकेकी थिई।
लुज निलो टिसर्ट र सर्ट्स लगाएकी थिई। भिजेको कपाल अनि चुहिरहेको पानीले केही अंश भिजेको थियो टिसर्टको। ओँठमा मोइस्टचुराईजर लगाएकी थिई सायद। आँखा उस्तै गहिरा थिए।
“उम्! चिया” सानो आवाजमा भनि। चियाको कप समाउँदै गर्दा समीरले उसको आँखामा हेरिरह्यो एकछिन। “राम्रो छन् आँखा” प्रतिक्षाले भनी, “हिजै थ्रेडिङ गरेको।” समिर झस्कियो।
“तिम्रो आँखाजति राम्रो अरु केही छैन” भन्न मन थियो उसलाई तर “उम! राम्रो छ” मात्र भन्यो।
चिया अगाडीको टेबलमा राखेर उसले प्रश्नपत्र मागि समिरसंग । “यो १२ नम्बरको त कस्तो गाह्रो भन्या” नजिक सर्दै भनि। समीरको हातले उसको छाती छोइयो। हात पछाडी तानिहाल्यो। परिस्थिति केही असहज भए। मौनता छायो कोठामा।
दुबैको नजर जुधे। ओँठ काम्न लागे। कामिरहेको अधरहरु कतिबेला एक अर्काको स्पर्शमा पुगे थाहै भएन। समिरको हात प्रतिक्षा छातीमा सलबलाउन थाले। चिया पोखिएर भुइँभरी भयो । उनीहरु एकअर्कामा पोखिए। पुरै रित्तिने गरी।
***
घर पुगेपछि मेसेज गर्यो समीरले, ” हाई !”
“हेलो” रिप्लाई आयो।
अनेक कुराहरु भए। समिरले पनि आफ्नो कुराहरु कन्फेस गर्यो बोलीकै बिचमा एउटा फोटो पठाई आफ्नो।
“सि, आई एम पम्पकिन हेड! कस्तो हो मेरो हेड!”
“मेरो नजरले हेर न कति राम्रो छ।” समिरको रिप्लाई…
“नो! आई एम पम्पकिन, पोट्याटो , पिग।” प्रतिक्षाको मेसेज
“आई लभ पम्पकिन, पोट्याटो एण्ड पिग।” समिरको रिप्लाई। “ओहो! यु लभ पिग?” प्रतिक्षाको प्रश्न
“नो ! आई लभ यु।”
त्यो नै अन्तिम मेसेज थियो उनीहरूबीच।
प्रतिक्षा पढ्नको लागि अर्को शहर जाँदै थिई। अन्तिमपटक भेट्न पनि भ्याएन।
अचानक, प्रतिक्षा र उसको बुवाको कार एक्सिडेन्टको खबर आयो। हतारमा ऊ घटनास्थल पुगेको थियो। कारको ढोका बाहिर टाउको झुन्डिएरहेको त्यो रगताम्य शरिर देखेर उ स्तब्ध भयो। समिर भत्किएको थियो तर भक्कानिन सकेन।
हेरिरह्यो बस् हेरिरह्यो उसको प्राणहिन आँखा तर यो चोटी भने गहिराइ भेटेन।
***
सानाे आवाजले झसङ्ग भयाे समिर। एल्बम बन्द गर्यो। एल्बममा लागेको धूलो पुस्यो अनि रसाएका आँखा पनि। समय फरक थियो, परिस्थिति पनि। पात्रहरु फरक थिए अनि जिन्दगी पनि।
रुम बाहिर निस्कियो अनि एउटा चुरोट सल्कायो। आकाशतिर फर्केर धुवाँ फाल्यो।
आकाश सफा थियो, बादल थिएनन्। फेरि पानी पर्ला जस्तो थिएन। आकाश पनि फरक थियो ।
Read More From Sudarshan Poudel:
बुद्धिसागरको लेखनका ५ राम्रा गुण | Buddhisagar | By Sudarshan Poudel
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com