तिमी | Nepali Poem | Suman Bhattarai

Suman Bhattarai
तिमी | Nepali Poem | Suman Bhattarai

तिमी
नियालेर हेर्दा समयको वेग जस्तै:
जुन रहदैन कहिल्यै काबुमा
मस्तिष्कमा लुकेका स्मृति जस्तै:
जो सँगै रहे नि भेटिन्न आफूमा ।

तिमी दुर क्षितिजको सूर्य जस्तै:
जो नजिक देखिए नि टाढा रहन्छ
सुन्दर गुलाफको फूल जस्तैः
जसलाई पाउन बाधामा: काँडा रहन्छ ।

तिमी ढिपिक्क बल्ने बत्ती जस्तैः
जसमा उज्यालोको राग रहन्छ
हराएको गहिरो घाउ जस्तैः
जुन मेटिए नि शरिरमा दाग रहन्छ ।

 

 

Read More From Suman Bhattarai:

मौलिकता गुमाउँदै नेपाली गाउँहरु | सुमन भट्टराई

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *