बलात्कृत भएकी आज नयाँ वर्ष रे | Nepali Poem

बलात्कृत

म बलात्कृत भएकी

भोलिदेखि म सुरक्षित छु?

साथीसँग हाँस्दै खेल्छु

बिस्कुट किन्न जान पाउछु

के म सुरक्षित छु?

आज नयाँ वर्ष रे

मेरा चिच्याहट अब सुनिन्ने छैन

मेरा ती योनीबाट रगत बग्ने छैन

मेरा ती आँखाबाट आँसु झर्ने छैन

के म सुरक्षित छु

आज नयाँ वर्ष रे

मेरा अनुहारमा एसिड आउने छैन

मेरा सुन्दरता कुरुप हुनेछैन्

अब म समाजलाई अनुहार देखाएर हिड्ने छु

के म सुरक्षित छु

आज नयाँ वर्ष रे

म भोलिदेखि स्कुल जानेछु

बाबालाई भोक लागे बिस्कुट किन्न जानेछु

आमालाई मेलापातमा खाजा पुर्याउने छु

के म सुरक्षित छु

आज नयाँ वर्ष रे

आजबाट म बोक्सीको रुपबाट देवि हुनेछु

राणीको रुपबाट काली हुनेछु

बलात्कृतबाट बालिका हुनेछु

विदुवाबाट दुर्गा हुनेछु

के म सुरक्षित छु

आज नयाँ वर्ष रे

शब्दै शब्द भएको मेरो समाजले

न्यायको लागि आवाज उठाउने छ

राति भेट्दा गन्तव्यमा पुर्याउने छ

सम्मान गर्ने छ

पुजा गर्ने छ

माया गर्ने छ

मीठो वचन दिनेछ

के म सुरक्षित छु

आज नयाँ वर्ष रे

म बलात्कृत भएकि

Photo by Aaron Burden

Also Read:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *