कविता | Nepali Poem by Riwaj Neupane

कविता

कविता

कविताको कुरा नगर न अहिले,
जीवन नै एउटा कविता भइसक्यो
कविताले गर्दा आज म,
कविताको मुहान भएको छु
गुणगान आउँथे पहिले,
कवितालाई सम्झि,
कविताकै आकृतिमा कविता लेख्दा ।

कविताहरु राम्रा हुँदै गए, प्रख्यात हुँदै गए
कविता टाढा हुँदै गई
कविताहरुको उत्पत्ति हुँदै गयो
कविता बिलिन हुँदै ।

कवितालाई नै जिन्दगी सोच्थेँ तर
जिन्दगी नै एउटा कविता भईदियो
कविता जिन्दगीबाट टाढा हुँदै गई,
कविता सुकेर गई,
कविताहरू सुकेनन्
कविताले बाटो बिराई,
कविताहरु भिन्न बाटोमा अघि बढ्दै गए
बर्खा याम आयो,
कविताहरु वर्षन थाले
बिछोडका बातहरु आउन थाले
कविताको बिछोडमा,

कविताहरु मिनेट मिनेटमा कोरिन थाले,
कविता कैयौँ कवितामा आई,
कविता फर्किएर आइनँ,
कविताले कविताहरुका मुहानलाई बिर्सिए पनि,
कविताहरुले कवितालाई भुल्न चाहेनन् ।।

Photo by Sarah Brink

 

 

Also Read:

Before I Leave I Need To Tell You What You Mean To Me | Confession #101

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *