Riwaj Neupane

author
offline thinker | poetry

एउटा खाली पाना | कविता | रिवाज न्यौपाने

म त एउटा खाली पाना जहाँ सब रङ्ग भर्न चाहन्छन् जहाँ सब आफ्ना आफ्ना स्वार्थ देख्छन् जहाँ सब प्यास मेट्न चाहन्छन् जहाँ सब चिथोर्न चाहन्छन् म त एउटा खाली पाना एउटा आएर आगो सल्काई दिएर जान्छ म जल्छु आफ्नै रापमा सोच्न सक्दिन केही पनि आगोमा जल्ने बाहेक सहारा खोज्छु, भेट्दिनँ सल्केको आगो बिस्तार बिस्तारै निभ्न […]

Riwaj Neupane

अन्योल | कथा | भाग १-६ | Riwaj Neupane

भाग १ -Riwaj Neupane   “यसपाली त राम्ररी दिनु इन्टरभ्यु, अब नि भएन भने त एउटा आफ्नै व्यवसाय खोल्नु, अलिअलि सीप पनि छँदै छ, उमेरले डाँडा काट्ने बेला भैसक्यो, बिहे पनि त गर्न पर्ला नि, छैन र विचार?” भन्दै बाले दिनुभको आशीर्वाद काम लाग्यो । बेरोजगार छोरा दिनभरी पागल झैँ बन्द कोठामा त्यसरी नै किताबका […]

Riwaj Neupane

अन्योल | कथा | भाग ६ | Riwaj Neupane

अन्योल by Riwaj Neupane |  भाग १ | भाग २ |भाग ३ | भाग ४ | भाग ५ |   भाग ६ (अन्तिम) घरबाट उस्तै प्रेसर; पढ्न जान छोडेको छोरोको खै के भर ? पढ्न नै फेरि छोडिदिने हो कि ? मन त उसलाई माया गर्ने, चाहाना उसैको मात्र पूरा गर्ने रहर । ऊ नभएर […]

Riwaj Neupane

अन्योल | कथा | भाग ५ | Riwaj Neupane

अन्योल by Riwaj Neupane | भाग १ | भाग २ |भाग ३ | भाग ४ भाग ५ आँफूसँगै हारेको झैँ लाग्ने भएरै त म खासै बोल्न पनि छोडेँ । समय पनि बढो अचम्मको हुँदो रहेछ । बसन्तरुपी पालुवाझैँ भर्खर पलाएको माया हाम्रो, समयरुपी खडेरीले दिनदिनै सुख्खा अनि उजाड बनाउँदै गयो । समय अभाव र परस्थितिले […]

Riwaj Neupane

अन्योल | कथा | भाग ४ | Riwaj Neupane

अन्योल by Riwaj Neupane | भाग १ | भाग २ | भाग ३  भाग ४ क्याम्पसको पहिलो हप्ता चापको वर्षा हुने थाल्यो ! बिहान उठ्ने बित्तिकै कोठाको जुन झ्यालको छेउमा बसेर म उसँग घण्टौं बात मार्थेँ, त्यही झ्याल सँगैको टेवलमा उसैलाई सम्झिँदै असाइनमेन्ट सक्थेँ । मेरो मुटुले आफ्नो धड्कनलाई नभेटेको धेरै दिन भैसकेथ्यो । एक […]

Riwaj Neupane

अन्योल | कथा | भाग ३ | Riwaj Neupane

अन्योल | भाग १ | भाग २ भाग ३ कक्षा बेग्लै बेग्लै भए पनि थियौँ हामी एउटै छानामुनि । त्यो सर्टब्रेकमा सधैँ उसैलाई भेट्न दौडी हाल्ने, कहिले काहीँ प्राक्टिकलले पिरोल्थ्यो । बिहान अर्लाम क्लक हुन्थी ऊ त बेलुका १० कहिल्यै कट्न नदिने । कहिलेकाहीँ कलेज आउन ढिला हुँदा देख्थेँ उसलाई त्यहीँ माइतीघर क्याफे अगाडि, एक्लै […]

Riwaj Neupane

अन्योल | कथा | भाग २ |Riwaj Neupane

अन्योल | भाग १ |   भाग २- गाउँ फर्स्ट भएर पहिलो पटक काठमाडौंमा- एक मनले गाउँका पालुवाहरुसँग फेरी त्यसरी नै खेल्न पाइन्न भन्ने निराशा त अर्को मनमा नयाँ ठाउँमा नयाँ जाँगरका साथ बाँच्ने उत्सुकता । घरबाट ल्याएको त्यो गुन्द्रुकको पोको एक कुनामा राख्दै कलेजको फर्म भर्न गइयो, सेन्ट जेभियर्स कलेजमा । खै कसरी कसरी […]

Riwaj Neupane

अन्योल | कथा | भाग १ | Riwaj Neupane

अन्योल | भाग १ “यसपाली त राम्ररी दिनु इन्टरभ्यु, अब नि भएन भने त एउटा आफ्नै व्यवसाय खोल्नु, अलिअलि सीप पनि छँदै छ, उमेरले डाँडा काट्ने बेला भैसक्यो, बिहे पनि त गर्न पर्ला नि, छैन र विचार?” भन्दै बाले दिनुभको आशीर्वाद काम लाग्यो । बेरोजगार छोरा दिनभरी पागल झैँ बन्द कोठामा त्यसरी नै किताबका पानाहरु […]

सायद | Poem by Riwaj Neupane | Offline Thinker

“म रिसाउँदिन कहिल्यै पनि”ती बिगतका तिम्रो बोली मेरो यो बूढो दिमागको कुनामा अझै छर्लङ्गै छन्बतासे बीसका तिम्रा ती गुलाबी तस्विरहरु आँखामा प्रष्ट छन् ।आज म आफ्ना सन्तानलाई राम्ररी देख्दिन तरजहानलाई दुरुस्तै उस्तै देख्छु । “बा, खाना खानु भो ?” भनेर अरुले भन्दा म भेग पाउँदिन तरजहानका हातहरुले पस्किएको खानाको स्वाद मलाई थाहा छ ।त्यो झिसमिसे […]

कविता

कविता | Nepali Poem by Riwaj Neupane

कविता कविताको कुरा नगर न अहिले,जीवन नै एउटा कविता भइसक्योकविताले गर्दा आज म,कविताको मुहान भएको छुगुणगान आउँथे पहिले,कवितालाई सम्झि,कविताकै आकृतिमा कविता लेख्दा । कविताहरु राम्रा हुँदै गए, प्रख्यात हुँदै गएकविता टाढा हुँदै गईकविताहरुको उत्पत्ति हुँदै गयोकविता बिलिन हुँदै । कवितालाई नै जिन्दगी सोच्थेँ तरजिन्दगी नै एउटा कविता भईदियोकविता जिन्दगीबाट टाढा हुँदै गई,कविता सुकेर गई,कविताहरू सुकेनन्कविताले […]

अँधेरी | Nepali Poem | Riwaj Neupane |#1

अँधेरी कतै घुम्न जाने प्लान बनेथ्यो,कता भने अत्तो पत्तो थिएनसर्प्राइज दिने सोच त थियोम भन्दा निकै फर्वार्ड ऊ भएकीलेभक्तपुर जाने हो ? भनेर सोधि“मेरो मनको कुरा बुझ्ने भइसकेछौ”झैँ नै लागेथ्यो । गाडी त चढेछम्, कति छिटो भक्तपुर पुगेछम्,हिजो रातीको त्यो लेट नाईट टक्स् ले गर्दाविहान आँखा पनि खुलेकै थिएन,“जुम् न, सिद्ध पोखरीमा !” भन्दै थिईच्याप्प […]

यति दुख्यो मुटु मेरो | Nepali Poem by Riwaj Neupane |#1

Riwaj Neupane यति दुख्यो मुटु मेरो झर्ने हो कि कुन्नि ।मुटु भित्रै तिम्रो माया मर्ने हो कि कुन्नि ।तिमी मेरो नजिक हुँदा डर लाग्छ यस्तोमेरो व्यथा तिमीलाई सर्ने हो कि कुन्नि ।। साँचो मनले माया गर्छु भन्छौ आज भनेकेही दिन मै तिम्रो मन भर्ने हो कि कुन्नि ।मन पनि बद्लिनलाई बेर लाग्दै न रेअर्कै मनमा […]