अन्योल | भाग १ |
भाग २-
गाउँ फर्स्ट भएर पहिलो पटक काठमाडौंमा-
एक मनले गाउँका पालुवाहरुसँग फेरी त्यसरी नै खेल्न पाइन्न भन्ने निराशा त अर्को मनमा नयाँ ठाउँमा नयाँ जाँगरका साथ बाँच्ने उत्सुकता ।
घरबाट ल्याएको त्यो गुन्द्रुकको पोको एक कुनामा राख्दै कलेजको फर्म भर्न गइयो, सेन्ट जेभियर्स कलेजमा । खै कसरी कसरी नाम निस्कियो, गाउँ फर्स्ट भएर आको केटो पो त ।
प्रथम त्रैमासिक परीक्षा पनि आयो, तीजको भोलिपल्ट, तीजको दिन आलु पकाएर पशुपति गको, पहिलो पटक पशुपतिमा त्यति धेरै मान्छे, सबैतिर रातो रातोमा आँखा भुलिदियो ।
भोलिपल्ट फिजिक्सको जाँच, पढ्न त पढियो, खै के पढियो के ?
पास हुने आशा छिनमै निराशा भो । विगतका ती गरुङ्गा मेडललाई सम्झिए पनि हराए पढ्दै नपढि पास भइन्छ भन्ने भ्रमहरु । बाहिर निस्किए पछि मेरो जस्तै अनुहार त अनगिन्ती, मेरो कक्षाका लगभग सबै ।
डेरामा गई ओल्टाई पल्टाई त्यो प्रश्न पत्र हेरेँ, जति गने पनि ३० कटेको हैन । सोचे जस्तै आयो रिजल्ट पनि ।।
सँगै बस्ने धनगढीको दाइलाई लगेँ, रिजल्ट लिन ।
अभिभावकको जिम्मेवारी लिइदिने दाजुले सरको अगाडि मलाई गाली गरे जस्तै गाली सफल भएरै त होला, त्यो कोरिडोटमा दिदीबहिनी हाँस्दै अगाडि बढेको ।
मैले उसलाई हेरेँ, उसले मलाई । हाम्रो पहिलो देखादेख शनिबारको दिन रिजल्ट लिने बेलामा भयो ।
दुई दिन पछि त्यही अनुहार फेरी क्यानटिनमा झुल्कियो, त्यो लामो बोइज काउन्टरको लाइन भन्दा ५ गुणा छोटो त्यो गर्लस काउन्टरको लाइनको बीच तिर ।
“एउटा चाउमिनको कुपन मलाई पनि” मनमा चाउमिन झैँ बेरिएर बसेका भावनाहरूलाई पन्छाउँदै उसलाई भनेँ ।
“भोलिदेखि छिटो आउनु नि” मुसुक्क हाँस्दै जवाफ पनि छिट्टै आयो ।
हाम्रो पहिलो बोलचाल क्यान्टिनको काउन्टरमा भयो ।।
उसँग बोल्ने बाहाना पाइन्छ भनेरै त डाइसेस्सन बक्स कहिल्यै ल्याइएन ।
एक दिन बोलाएँ उसलाई – भेट्न, त्यही उसको होस्टेलसँगैको युएन पार्कमा ।
ऊ मेरो मानरूपी शरीरकालागि अक्सिजन जस्तै बनिसकेकी थिई । मेरा यी आँखाहरु उसकै बाटोमा अडिरहन्थे । मन हतारमा थियो, उसको एक झुल्को देख्नलाई । टाढा टाढाबाट उनको सुवास यो हावाले म कहाँ पुर्याउँथ्यो अनि उसकै आभास हुन्थ्यो । त्यो मन्द हाँसो, लज्जालु स्वभाव, त्यो ओठको टोकाइ र फर्की फर्की हेर्ने बानीले उनीभित्र मप्रति रहेको माया प्रष्ट पारिरहेको थियो । यिनै क्रियाकलापले उनले मलाई नजिक आउन निमन्त्रणा दिइरहेकी थिइन् ।
त्यहाँ केवल म र ऊ मात्र । अनि थियो त मौनता, केवल मुटुको धड्कन र बतासले हल्लाएको पातहरुको आवाज ।
सकि नसकी मैले केवल तीन वटा शब्द भनिदिएँ । मनमा शङ्का त लागिरहेको थियो कतै उनले नराम्रो मानेर मित्रता पो टुट्ने हो कि ? लाग्यो कि मेरो मुटुको धड्कन अनि बतास केहीबेर रोकिए झैँ । केहीबेर पछि ऊ लजाउँदै मेरो नजिक आइन् अनि मेरो हात समाउँदै भनिन् “पछि धोका त दिँदैनौ नि ?” म स्तब्ध भएँ, केहीपनि नबोलेरै मैले उसलाई आफ्नो अङ्गालोमा बाँधिरहेँ । त्यो दिन थियो मिलनको, साँच्चै यादगार थियो । दुवैको आँखाबाट हर्षका आँसुहरु खसिरहेका थिए ।
-Riwaj Neupane
क्रमशः
कथाको अरू भाग पढ्नुहोस्ः भाग १ | भाग २ |भाग ३ | भाग ४ | भाग ५ | भाग ६
Read More Nepali Poem at Offline Thinker:
क बाट कलम ! जनक कार्की | Offline Thinker

