नपोल्ने घाम जस्तो
बोलाउनु नमिल्ने नाम जस्तो
रमाइलो रिस जस्तो
हेर्न नमिल्ने सो-पिस जस्तो
ताजा ताजा जोश जस्तो
हराएको होस जस्तो
उज्यालो रात जस्तो
फूलको वर्षात जस्तो
खै कस्तो कस्तो
जे हुनु पर्ने
ठ्याक्कै त्यस्तो
“इर्श्याहरु”ले
आजकल
हसाइ रहेछन् मलाई
फेरि उनलाई सम्झेर
जसलाई सम्झिने गर्छु
कविता लेख्नु अघि
– Prabhat Paudyal
Read More From Prabhat Paudyal:
धेरै पछि आफ्नो कोहि भेटिए जस्तो
वर्षौ पछी प्यास मेटिए जस्तो
मनसँग मन जोडौँ-जोडौं जस्तो
पखेटा खोलेर उडौँ-उडौँ जस्तो
जुन दिन भेटेको थियौँ हामी
हाँस खेल र हल्ली चल्लीमा
काठमाडौंको त्यो गल्लीमा
जहाँ थिए मेरा मन जस्तै
भत्केर पनि ढल्न नसकेका
मन भएर नि चल्न नसकेका
आफ्नै शरीरको भारले थिचिएका
मानिसहरुको भिडमा मिचिएका
मन्दिरहरु
जुन दिन
घाम लागेर पनि लाग्न सकेको थिएन
माया जागेर पनि जाग्न सकेको थिएन
तर
आश छ हामी फेरि भेट्ने छौँ
मनको प्यास पकै मेट्ने छौँ
त्यो दिन म बोल्न डराउने छैन
आफै भित्र म हराउने छैन
त्यो दिन यसरी बोल्ने छु कि,
मनमा पक्कै शान्ति आउने छ
नयाँ लहर नयाँ क्रान्ति आउने छ
त्यो दिन शहरमा घाम लाग्ने छ
सब मनलाई आराम लाग्ने छ
फेरि पनि हाँस् खेल र हल्ली चल्लीमा
काठमाडौंको त्यही पुरानो गल्लीमा
र घुम्न जानूु छ त्यो ठाउँ जहाँ
घण्टाघरको आवाज सुनेर
फेरि उठ्ने सपना बुनेर
छेउको धरहरा नि हेर्न नसक्ने गरी
एउटा जिउँदो लास सरी
लडिरहेका छ भिम्सेन स्तम्भ ।
_____________________________
हराएको झोला | Prabhat Paudyal
रङ्गी बिरङ्गी पोतेको
कहिलेकाही भुइँमा जोतेको
सामान हाली बोक्न मिल्ने
रिस पोख्दा ठोक्न मिल्नेयस्तो झोला, जसमा थिएगान्धीका आत्मकथा, माओका चर्चाहरु
आफ्नो देश आफै बनाउन लेखेका पर्चाहरु
जुन भेटेको थिए मैले सडकको किनारमा
जस्तै,
एक बेवारिसे बालक जो उदार हुने आसमा
नियाली रहेको छ हरेक मोर्चाहरु
यस्तो झोला,जुनमा थिए
बाल्यकालका खेलौनाहरु
बुढेसकालका बिलाउनाहरु
हात नभएको हाते घडी
आल्मुनियमको फोल्डेबल छडी
जसमा थियो एम्नेस्टीको नपढिको हाते पुस्तक
जसले बिताइसकेको थियो मानवताको केही सतक
भित्र थियो मोबाइल फोनको डाटा केबल
एउटा पुरानो पिरियोडिक टेवल
जस्मा थियो नपड्किने युरेनियम
जल्न नजानेको प्लुटोनियम
हिरोसिमाको नक्क्सा नच्यातिएको,
अमेरिकी जहाज नमातिएको ,
नतातेको प्लास्टिकको पृथ्वी
अनि केही पुराना डलर नसाटिएको
कागजका ब्राह्मास्त्रहरु
आइन्स्टाइनका शास्त्रहरु
जस्मा मिलेर बस्थे कुराण र गीताहरु
केहि अपूरा गजलहरु र कविताहरु
केही स्पाइडरम्यानका टास्न मिल्ने चित्रहरु
केही लेखिएर पनि नपठाइएका पत्रहरु
धार नभएका छुराहरु
नशा नलाग्ने मदिराहरु
र
एउटा टर्च
चार्ज गर्न मिल्ने तर न गरेको
त्यहि पनि ब्याट्री न मरेको
जसले उज्यालो बनाउथ्यो पुरै गाउँ सहर
र बढाउँथ्यो सबैको बिहन हुने आस रहर
तर
आज आफ्नै हातबाट
हेर्दाहेर्दै आफ्नै साथबाट
सायद रत्नपार्कको भिडमा होला
मेरै लापरवाहीले हरायो त्यो झोला
जसमा थिए
गान्धीका आत्मकथा, माओका चर्चाहरु
आफ्नो देश आफै बनाउन लेखेका पर्चाहरु
जुन भेटेको थिए मैले सडकको किनारमा
जस्तै,
एक बेवारिसे बालक जो उदार हुने आसमा
नियाली रहेको छ हरेक मोर्चाहरु
__________________________