सट् द एफ्* अप् | Nepali Poem | Sudarshan Poudel

Sudarshan Poudel

यहाँ बोल्ने अनुमति छैन!

सट् द एफ्* अप्!!
यहाँ चाकडीको भाषा बिक्छ
सम्पादित विद्रोहहरु मात्र टिक्छ
विरोधाभास हो मेरो मुलुक
त्यसैले सट् द एफ्* अप्!!
जिन्दगी बन्दगी राख्नेहरु छन्
जिन्दगीसँग थाक्नेहरु पनि छन्
तर यहाँ आँसु होइन आँकडा हेरिन्छ
त्यसैले सट् द एफ्* अप्!!
जिन्दगी मजाक बनाइदिने उहाँहरु
व्यङ्ग्य कहाँ बुझ्नुहुन्छ!
यहाँ मुटु चर्किने अनुमति मात्र छ
 स्वर नलीलाई थर्किने अनुमति छैन
विरोधाभास हो मेरो मुलुक
त्यसैले सट् द एफ्* अप्!!
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *