“के हजुरले नाक काट्नु भएको छ?” | Sudip Simkhada

Sudip Simkhada

-Sudip Simkhada

“के हजुरले नाक काट्नु भएको छ ?”

आफू भन्दा ठूलो मान्छेले आफ्ना छोरीचेलीलाई नाक नकाटेस् भनेको त सबैले सुनिरहेको कुरा हो । नाक काट्नु मात्र होइन नाक राख्दा पनि हाम्रो समाजमा कुरा हुन्छ। नाक काट्नु र नाक राख्नुमा के फरक छ भने नाक काट्दा नकारात्मक सन्देश जान्छ र नाक राख्दा सकारात्मक सन्देश जान्छ।

मैले नबुझेको कुरा चैं नाक कसरी काट्ने? कैंंचीले काट्ने कि हंँसियाले काट्ने कि बन्चरोले काट्ने ? के हजुरलाई थाहा छ ? मान्छेको अनुहारको सबैभन्दा बाहिर निस्केको अंग हो नाक । राम्रो काम गर्दा बढ्ने अनि नराम्रो काम गर्दा खुम्चने यो कस्तो नाक?

हजुरलाई थाहा छ नेपालमा नाक राखेर काम गर्न सकिंँदैन नि । नाक काटेर काम गरे मात्र सफल भइन्छ। उदाहरणको लागि जागीर खान पनि नेपालमा नाक काट्नुपर्छ । आफूले होइन जागीर खुवाउने मान्छेले भनेको । त्यही नाक काटेर जागीर खुवाएकाले त आज देशको जनशक्ति विदेश पलायन भएका त । नेपालमा बस्नेहरूले त नाक नकाटी त कुनै काम बन्दैन। घरबाट निस्केदेखि अरुले नाक काट्छन् पैसा आफूले तिर्नु पर्छ ।

नेपाली राजनीतिमा पनि त्यस्तै छ। सबै भारतको निम्ति आफ्नो नाक काट्छन्। मैले देखेको र बुझेको अनुसार देव शमशेर राना बाहेकका लगभग सबै प्रधानमन्त्रीहरुले नाक काटेका थिए । त्यही कारण देव शमशेर राणा धेरै टिक्न सकेनन्।

अब एकैछिन् विदेशको कुरा गरम् है त ।
मैले विदेशी पाहुनासँग कुरा गर्ने अवसर पाएको थिएँ । मैले प्रश्न गरेः
………………
“Do you cut your nose?” (तपाईले नाक काटनुभएको छ ?)
“What?” (हअअ?)
………………
“Do you put your nose?” (तपाईले नाक राख्नुभएको छ ?)
“What?” (हअअ?)
………………
हो नेपालमा अथवा दक्षिण एसियाका देशभन्दा अन्त धेरै स्वतन्त्रता छ । तेस्ता देशहरूमा नाक राख्ने कि काट्ने भन्ने कुरै हुँदैन । सबै कुरा नियममा हुन्छ।

यी सबै कुरालाई हेर्दा मैले आफूले आफूलाई कहाँ राख्ने थाहा पाउन सकिनंँ । सबै कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । त्यस्तै कुनै ठाँउमा नाक काटेँ होला कुनै ठाउंँमा नाक राखेँ होला । यो वर्णन गर्ने काम हजुरहरुको ।

Inspired by Bhairab Aryal

Image by Roland Schwerdhöfer

Also Read:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *