मेरो एउटा घर छ | Nepali Poem | Prabhat Paudyal

Nepali Poem | Prabhat Paudyal

मेरो एउटा घर छ
होइन हाम्रो एउटा घर छ
बुबाको जिम्मेवारीको पिल्लर छ्न्
आमाको ममताको जग छन्
परिवारको मायाको भित्ताहरु छन्
मेरो एउटा घर छ
घरभित्र मेरा लागि बनाइएका
कोठाहरु छन्
जसको भित्ता रंगिन छ
मेरो केही सपनाहरु जस्तै
जसमा अलिअलि दाग लगेको छ
मेरो कोठाको भित्ता मेरो मन झै
उफ्रिएको  स्पाइडरम्यान छ
एउटा स्ट्यान्ड फ्यान छ
जो कुरिरहेछ अर्को गर्मी महिना
एउटा पुरानो हिटर छ तर कोठा तताउँछ
एउटा पुरानो रेडियो जसले केहि कुरा बताउछ
विश्व जित्न एभेन्जर्सहरु लडिरहेका छ्न्
नयाँ संगीतको आविष्कार सकेर
चार जना अगि बढीरहेका छन्
सुस्त गतिमा मानौ कि कुनै हतार छैन
जसको विपरितमा छ मेरो सोचहरु
मेरो कोठामा
सिक्छु भनेर राखेका २ गितारहरु छन्
केहि इलेक्ट्रिक र चुडिएका तारहरु छ्न्
जसले मलाई जोड्ने गर्थ्यो मेरा सपनाहरुसँग,
कुनामा छ एउटा कम्प्युटर टेबल
जसकोमाथि छन् दुई चारवटा
काम नलाग्ने डाटा केवल
त्यो टेवलको र्याकमा
छन् केही पुस्तकहरु
ज्ञान भएका तर पढ्ने मन नभएको
केहि कलम मसी नभएको
जानी न जानी बनाइएको चित्रहरु
केहि जानेरै लेखिएको कविता अनि पत्रहरु
एउटा टि.भी २४ घन्टा चलिरहने
एल.इ.डी लाइट-  दिन रात बलिरहने
विश्राम गर्ने सोफा आराम गर्ने खाट
थाकेको जोश अनि सुतेको आँट

मेरो एउटा घर छ
र मेरा लागि बनाइएका
कोठाहरु छन्
जसमा सबै थोक छ
र म छु
यहाँ छैन त बस मेरो मन
जुन आजकल कतै घुम्न गाको छ।।

 

__________________________

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *