Gazal | Santosh Jaisi

Santosh Jaisi

तिमी सुतेरै महल ठड्याउन सक्छौ जवानी बेचेर ।
मैले घरमा रासन किन्नुपर्छ फुटपाथमा पानी बेचेर ।।

गरिबी हटेन आमाले पिठ्युँमा दाउरा बेच्दा पनि ।
छिमेकीले लाखौं कमाई रहेछ निधारमा खरानी दलेर ।।

सकिन्छ भने काठको बाकस भेटी मानेर पठाइदिनुस् ।
ठूलै भुल गरेछु प्रदेश आउँदा राहदानी बोकेर ।।

मलाई एक मुठी सरप क्षतिपूर्ति चाहियो सरकार।
उनका असहय यादहरूले धुनुपरेको छ सिरानी भिजेर ।।

 

Read More From  Offline Thinker: 

मेरो एउटा घर छ | Nepali Poem | Prabhat Paudyal

 

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

 

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *