Nepali Poem | सम्बन्ध | Santosh Jaisi

Santosh Jaisi

तिमीले  दिलमा लात हान्यौ कुनै  गुनासो छैन ।

रक्सीको मातले खुट्टा लडबडाउनेलाई  वैशाखी काम आउदैन ।।

त्यो मीठो नास्ता खान तिमीले गणित जान्नुपर्छ बाबु ।

मेरो १ लिटर पसिनाले १पाउ काजु बदाम आउदैन ।।

निःशुल्क नाक काट्न  चोक चोकमा बसेकालाई धन्यवाद छ।

यहा जरुरत परेपछि सित्तैमा कपाल काट्ने हजाम आउदैन ।।

तिमीले बुझ्नुपर्थ्यो यो मनका केही कुराहरू पनि।

चुम्बक आफैले नतानेसम्म  जबर्जस्ती जोडिन फलाम आउदैन ।।

 

 

Read: धारा | Nepali Poem | Saujan Dhakal

 

Also Read: स्वर्गकी आप्सरा | Nepali Poem | Saujan Dhakal

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *