कविको छवि | Prabhat Paudyal
सिधा कुरा नि सिधा नदेख्ने
अनौठो छवि भाको छु।
मेरो कुरामा नअल्मलाउनु
मित्रहरू म आजकाल कवि भाको छु।
म पहिलो कथा थिएँ होला
म पहिलो व्यथा थिएँ होला
म नाटक कुनै कविता थिएँ होला
म चलचित्र कुनै रमिता थिएँ होला
कसैलाई फाल्तु कसैलाई विशेष थिएँ होला
कुनै जाति भाषा भेष वा देश थिएँ होला
म गजल भएँ होला कविता भएँ होला
कहिले पुराण बाइवल वेद त गीता भएँ होला
रात भएँ होला
वर्षात भएँ होला
तर
आजकल म प्रभात भाको छु
विहान भाकोछु, रवि भाको छु
मेरो कुरामा नअल्मलाउनु
मित्रहरू म आजकाल कवि भको छु।
Read More From Prabhat Paudyal:
आवश्यक देख्दिन मेरो नयाँ कविताको
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

