Nepali Poem | ऊ, म र हाम्रो बेग्लै सम्बन्ध | Secret Thinker

nepali poem

दिन र रात लम्बिएझैं
हाम्रो कुराकानी छोटिँदैछ
कुरा नभएको होइन
तर थाहा छैन किन
अचेल हामी आफ्नै हिसाबमा छौं
सायद
कुराकानीको विषय नमिलेर होला
हामी एक अर्काबाट टाढिँन थालेका छौं

कुनै समय थियो
ऊ बोलेर थाक्दैनथ्यो
दिनभरिका कुरा सुनाउन सधैं बेचैन हुन्थ्यो
नयाँ केही गरे मैकहाँ आउथ्यो
तर अहिले ऊ उस्तै रहेन
उसको दैनिकी मलाई भन्दैन
खोइ किन हो?
अचेल मसँग कुरा गर्न रुचाउँदैन
नयाँ अनुभव मलाई सुनाउन खोज्दैन

दोष उसको मात्र होइन
बद्लिएकी त म पनि छु
उसैको लागि मरिहत्ते गर्ने म
अचेल आफ्नै लागि समय छुट्याउँदै छु
सधैं उसैलाई हेरेर टोलाउने म
अचेल कहीकतै कारण खोज्दैछु
आफैमा हराउँदैछु,
म पनि कहाँ पहिले जस्तै छु र
अचेल म पनि त बद्लिएकी छु

ऊ मलाई नियालेर हेर्छ
अनि म उसलाई
केही सम्बन्ध त छ
तर खोइ कस्तो हो थाहा छैन
म खुलेर बोल्छु
ऊ नबोलेरै महसुस गराउन खोज्छ,
अनि म
नबुझे जसरी तर्किन्छु

नसोध मलाई किन भनेर
जवाफ छैन मैसँग
सायद जवाफ त
ऊसँग पनि छैन
अब जे छ
यही अज्ञात सम्बन्ध छ,
बस्
ऊ छ
म छु
अनि हाम्रो बेग्लै सम्बन्ध छ।

 

 

Read More Nepali poem collection From Pari Vikram:

 

 

 

Read More From Offline Thinker:

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments
We are Writers who do not want to reveal our names. If you wish the same, mention #nonameplease on top of your writing and your name will be secret too.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *