मलाई कविता लेख्न त आउँदैन
तर जब म उनलाई सोच्ने गर्छु
मेरा भावहरु शब्द बनेर
डुल्न निस्किन्छ
समयको त्यो गोरेटोमा
जसको अन्त्यमा उनी कुरी बस्छिन्
मेरो नयाँ कविता
र मलाई कवि बन्न वाध्य बनाउँछन्
अनि लेखिदिन्छु
जे मनमा छ
जे जीवनमा छ
त्यो जुन पाएर नि मेरो होइन
त्यो जुन नपाएनि आफ्नै हो
र बन्छन् मेरा कविता प्रेम गीत कसैको
कि बन्छन् मेरा कविता नौलो रित कसैको
लेराउछन् अपूरा क्रान्ति कसैको गाउँमा कतै
लेराउँछन् बेचैनी शान्ती कसैको नाउँमा कतै
यसरी नै शब्दहरु मिली
एउटा कविता जनाउछन्
बन्दिन भन्दा भन्दै हालादहरु
कवि मलाई बनाउछन् हुन त मलाई कविता लेख्न आउदैन।
एउटा कविता जनाउछन्
बन्दिन भन्दा भन्दै हालादहरु
कवि मलाई बनाउछन् हुन त मलाई कविता लेख्न आउदैन।
Read More Nepali Poem of Prabhat Paudyal :
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments