Nepali Poem | बुद्धको ज्ञान | Buddha | Shreya Chaudhary

Shreya Chaudhary

हत्या, हिंसा र अहिंसालाई त्यागेर

सत्यको मार्गमा हिड्न सिकाउने

हे बुद्ध तिमी नेपालमा जन्मेकोमा गर्व छ।

 

तिम्रै काममा तिम्रो शिष्य हुन नपाएनि

आज तिम्रो सामिप्यले मन रमाएको छ

शान्त नेपालको पवित्र धर्तीमा

नदोहोरिओस् कहिले द्वन्द्व

बजिरहोस् शान्तिको विगुल

हे बुद्ध तिम्रो ज्ञानको प्रकाश

सारा नेपालीमा पुगिरहोस्

जुनी जुनी हजार जुनी, जति जुनी पाए पनि

हे बुद्ध तिमीलाई पछ्याउने छु

बुद्धम शरणम गच्छामी भन्दै

तिम्रै पाइला खोज्ने छु

संसारमा जँहा जन्मे पनि

तिम्रो ज्ञानको आभामण्डल बनाउने छु।

त्यही आभामण्डल जीवनको सुरक्षाकवज  कहलियोस्

जस्तोसुकै क्रोध पनि तिम्रो ज्ञानले पगालिदिओस्

हे बुद्ध तिमी आशीर्वाद देउ

पशुत्व जीवन त्याग्ने सबैलाई

परम ज्ञान-शिक्षा देउ

हे बुद्ध, सबैलाई परम ज्ञान-शिक्षा देउ

 

Read More Nepali Poem at Offline Thinker : 

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *