Nepali Poem | केही त भनिदिनु | Anisha Tamang

good communication

केही त भनिदिनु
यो संसारलाई
जुन कुरा बोल्न खोज्दा खोज्दै
मौन भइगए बोलीहरु
जुन कुरा भन्न चाहन्थ्यौ तिमी
जुन कुराले रुवायो असाध्यै तिमीलाई
जुन कुराले अनिन्द्रो बसेको थियौ तिमी रातभर
जुन कुराले तिमी ‘तिमी’ बनायो फेरि तिमीलाई

केही त भनिदिनु
ती बेनमका भावनाहरु
जुन सफा गर्दै थियौ तिमी आफू आफैभित्र
ती मनका भार
जुन कतै बिसाउन चाहन्थ्यौ तिमी

भन अलविदा
ती सबै साथीहरूलाई
जुन तिमी सधैं भन्न चाहन्थ्यौ
जसले बिना मौसम वर्षा आएझैं
याद गर्छ तिमीलाई
जब पर्छ काम उनीहरूलाई

भन माया गर्छु भनी
तिम्रो खास व्यक्तिलाई
जुन चाहन्थ्यौ तिमी
भन्न पहिलेदेखि नै
तर,
भनिदिनु सबैभन्दा अगाडि
‘ म तिमीलाई माया गर्छु ‘
आफूले आफैलाई
जुन भावना लुकाएको थियौ
मनको गहिरतामा

केही त भनिदिनु
दिएको छ नयाँ बिहान जिन्दगीले तिमीलाई
दिएको छ नयाँ रुप जिन्दगीले तिमीलाई
हुन इमान्दार आफू आफैसँग
केही त भनि चाहिँ दिनु।

 

Read More Nepali Poem:

 

 

Read More From Offline Thinker:

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *