Nepali Poem | प्रेमी हुन, प्रेम गुमाउँछु की ? | Anisha Tamang

Ranjana Chaudhary

खोल्दै बुन्दै गरेका
कैयौं सपनाहरु
ती सपना पूरा गर्न
प्रयास गर्दा गर्दै
मस्तिष्क र मनको युद्धमा
बेमज्जाले म लडी
प्रेमी हैन
मैले मेरा सपनाप्रति
गर्ने प्रेम कतै गुमाउँछु कि

सदैव पराजय हुने भयले
कतै नदिझै निरन्तरता
आफ्नै गतिमा नबगी
बगरको ढुंगाझै
कतै गन्तव्यहीन
सुस्त म बसी
प्रेमी हैन
मैले मेरो अस्तित्वप्रति
गर्ने प्रेम कतै गुमाउँछु की

लडिजाने यी पाइलाहरू
उठाउन खोज्दा खोज्दै
सोचाइको बन्दी भई
कतै बेस्वादको भावनाले
पराजय स्वीकार गरी
प्रेमी हैन
मैले मेरो आत्मविश्वासप्रति
गर्ने प्रेम कतै गुमाउँछु कि

 

Read More Nepali Poem:

 

 

Read More From Offline Thinker:

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

 

 

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *