म युद्ध भुमिमा जवान जस्तै, भाग्य सङ्ग लडि रहे ।
यो मनको घाउ ठिक पार्दा पार्दै, डक्टर भन्दा बढी भए ।।
पिडा लुकाइ मनमा सधैं, ओठमा हाँसो भरी रहे ।
यी ओस्कार पाउनेहरु भन्दा, राम्रो मेरो अभिनय ।।
जो आउँछ ढुटो बजाउँछ, म मादलको खरी भए ।
म गुलेली को चोट सहेर, उडिरहेको चरी भए । ।
म जिन्दगीको सगर चढ्न, पर्वत आरोही सरी भए ।
तर जति अघि बढी रहे, म त्यत्ति पछि झरिरहे ।।
म ऋषि मुनि को सरापले, कुरुप भएको परी भए ।
जिन्दगीको ऐना हेर्दा, हरेक पल्ट मरि रहे ।।
म सहि छु कि गलत भन्दै, आत्माविवाद गरिरहे ।
तर आफ्नै मनको अदालतमा, वकिल सरी भए ।।
म जिन्दगीको जहाज भित्र, पाइलट जस्तै बनिरहे ।
उडान भर्ने आश मा सधै , एकै ठाउँमा अडीरहे ।।
कहिले अरबौं का सपना बोकी ,संसारकै धनी भए ।
कहिले खल्ती मा सय खुल्ला हुँदा, दुई सय पल्ट गनी रहे ।।
-Bindu Poudel
Read More Nepali Poem:
Nepali Poem | टुहुरा बाबू आमा / खेताला मलामी / कुन्ठा | Abin Thatal
Read More Nepali Poem:
क बाट कलम ! जनक कार्की | Offline Thinker
प्रेमपत्रले पल्टाइदिएका अतितका पाना | Muskan Pandey
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com