Riwaj Neupane
यति दुख्यो मुटु मेरो झर्ने हो कि कुन्नि ।
मुटु भित्रै तिम्रो माया मर्ने हो कि कुन्नि ।
तिमी मेरो नजिक हुँदा डर लाग्छ यस्तो
मेरो व्यथा तिमीलाई सर्ने हो कि कुन्नि ।।
साँचो मनले माया गर्छु भन्छौ आज भने
केही दिन मै तिम्रो मन भर्ने हो कि कुन्नि ।
मन पनि बद्लिनलाई बेर लाग्दै न रे
अर्कै मनमा मायाको बिउ छर्ने हो कि कुन्नि ।।
सँगसँगै किनारसम्म आई पुगेपछि
मलाई एक्लै छोडी पारी तर्ने हो कि कुन्नि ।
जिन्दगीभर साँची राखेँ आँसु सम्हालेर
अब तिमी टाढा जाँदा झर्ने हो कि कुन्नि ।।
माया तिमीलाई म गर्छु कति कति
कलेज सरे जस्तै अब मनै सर्ने हो कि कुन्नि ।
यति दुख्यो मुटु मेरो झर्ने हो कि कुन्नि ।
मुटु भित्रै तिम्रो माया मर्ने हो कि कुन्नि ।।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments


