Creative Writing Course with Suraj Subedi

Suraj subedi Offline Thinker

Opportunity alert!


मैले गएको वर्षदेखि किङ्स कलेजमा क्रिएटिभ राइटिङ पढाइरहेको थिएँ । आफैँले बनाएको त्यो कोर्स विशेषतः व्यवस्थापन पढिरहेका साथीहरूको लागि डिजाइन गरिएको थियो । उ बेला धेरैले मलाई त्यो कोर्स लिने इच्छा सुनाउनुभएको थियो । मैले भनिरहेको थिएँ ‘म आफैँ पनि दिने योजनामा छु । सुरु गरेपछि खबर गर्छु ।’

यो पोस्टमा त्यही खबर छ । मैले यसलाई जुनसुकै विधामा लेख्न चाहनेहरूले सुरुमा सिक्नेकुरा सिकाउनेगरि डिजाइन गरेको छु । विगत सात वर्षदेखि लेखन क्षेत्रमा रहँदा मैले केही कुरा जानेको छु । त्यही कुरा सुनाउने अवसर यो कक्षालाई बनाउने छु ।

यदि तपाईँ लेख्न मन गर्नुहुन्छ तर थाल्न आँट आएको छैन, लेख्नुहुन्छ तर आफूले लेखेको भयो कि भएन होला भन्ने द्विविधामा हुनुहुन्छ, लेख्छु भन्ने थाहा छ तर अल्छी गरिरहनुभएको छ, वा आफ्नो लेखनको प्याटर्न खोज्न गाह्रो भइरहेको छ, भने यो कोर्स तपाईँलाई काम लाग्छ ।

यो कोर्स एक महिनाको हुनेछ । चार देखि पाँच कक्षा हामी फरक फरक ठाउँमा गएर पढ्नेछौँ । यदि अनलाइनबाट पढ्नुहुन्छ भने थोरै फरक शैली हुनेछ । अन्तिम कक्षामा ‘रिडिङ सेसन’ हुनेछ जहाँ तपाईँले लेखेको कुरा प्रस्तुत गर्नुहुनेछ ।

अब धेरै के भन्ने हो र ? यति पढेपछि कोर्स लिऊँ लिऊँ लाग्यो भने यो फर्म https://rb.gy/vjoly भर्नुहोला । फि को बारेमा बुझ्न तथा अन्य नबुझेको कुरा सोध्न म्यासेज गर्नुहोला ।

-Suraj Subedi

Suraj subedi Offline Thinker
– Suraj Subedi
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *