योद्धा | Nepali Poem इना बस्नेत

योद्धा

योद्धा

योद्धा बन्न सिक

जीवन युद्धभूमि हो तिमी योद्धा बन्न सिक

हरेक पीडालाई म तँलाई जित्छु भन्न सिक

हो आज दुःख छ भोलि अवश्य सुख आउँछ

जति नै चर्को घाम किन नहोस् साँझमा त्यो सेलाउँछ
के फरक पर्छ कसैले
तिमीमा विश्वास गरुन् नगरुन्

के फरक पर्छ कसैले तिमीलाई बुझुन नबुझुन

जस्ले जे सुकै सोचुन तिमी त उहीँ रहने छौ

जस्ले जे सुकै भनुन तिमी आफ्नै भावमा बहने छौ

थाहा छ मलाई कहिले काँही मन साह्रै पोल्छ

भित्र भित्रै गुम्सिएको चोट आफैं बोल्छ

म चहान्छु कि तिमी त्यो गगन नै छुनु

भन्नेले जेसुकै भने पनि तिमी तिमी नै हुनु

विश्वास गरी हिड्न सिक जीवन सार्थक बन्छ

सङ्घर्ष नगरी त कहाँ संसारले तिमीलाई कुशल योद्धा भन्छ।

Also Read:

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *