Nepali Poem जनतालाई आपति | Ina Basnet- [Offline Thinker]

Ina Basnet

कति मरे यो देशको लागि कति बली चढे

देशको लागि रेटिँदा रेटिँदा गरीव जनता गले
आयो अरे नयाँ सविधान रवै के गर्न आयो
यसैको नाउँले त झन् समाजमा कोलाहल छायो
कति नेपाल आमाका सुपूत्र मरे देशको लागि
वीरहरुले ज्यान त्यागे देशको स्वतन्न्र मागी
नेपाल आमाको मन छिया छिया पर्न आँटेको छ
एकछाक खाई दिन काट्ने मजदुर थाकेको छ
जहाँ हेरुँ हार खाइ बसेको मुहार मात्र देख्छुँ
कहाँ जाउँ सुख खोज्न दुःख मात्र भेट्छु
देशका कर्णधार दोबाटोमा चुरोट तानी बस्छन्
कोहि जानी जानी त कोहि नजानी कुलतमा फस्छन्
रोजगारको खोजीमा लाखौँ युवा जुट्छन्
व्यस्त छन्  देशका नेता अझैँ देखाउदैनन् जनतालाई आश
जति नै नेता बद्लिए पनि छ देशको उही गति
सरकारवालालाई सदैव मोज जनतालाई चाँहि आपति

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *