सुन तिमी मेराे हौ त्यसैले वेग्लै बन्नु ल
हजारौंको भीडमा पनि मलाई नै आफ्नो भन्नु ल
हेरन् अझैँ पनि मन मेेराे आतिएको छ
तिम्लाई खोज्दैँ यो मन किन मात्तिएको छ
अनुहार तिमी ठिकै तर मनको सुन्दर बन्नु ल
आग्लो, होचो, दुब्लो, मोटो जस्तो भए नि मात्र मेरो बन्नु ल
जातभात, धर्म केहिको मतलब म गर्ने छैन
धन सम्पत्ती त कमाउलाँ सँगै त्यसको पनि कुरा हैन
तर केबल एउटै कुरा माँग्छु चोखो माया गर्नु है
मुटुका अन्गिन्ती चोट मेरै मायाको मलमले भर्नु है
म सँधै तिम्रो पाईला- पाईलामा सँगै हुँनेछु
कहिले काँहि मन दुँख्दा तिम्रौ काखमा रुनेछु
मलाई अरु झै माया देखाँउन भने आउँदैन
बिना चोखो माया मनमा पनि त शितल छायाँ छाउँदैन
त्यसैले मैले नभने पनि मेरो माया बुझ्नु ल
दुःखको खडेरी पर्दा जीवनमा मेरै मायामा रुझ्नु ल
कल्पना मै छौ अझै वास्तविक्तामा चाडैँ आउनु ल
गल्ति कमजोरी मेरो भुलाई चोखो माया लाउँनु ल
सुन तिमी मेेरो हौ त्यसैले वेग्लै बन्नु ल
हजाँरौको भिडमा पनि मलाई नै आफ्नो भन्नु ल
Read More From Writer:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments