जब म एक्लो पर्छु तिमी नै त हुन्छौ साथ
जब म दुःखको सागरमा दुबे तिमीले नै दियौ हात
सुखका पल आउना साथै तिम्लाई बिर्सेको छु चट्क्कै
तर पनि तिमीले मलाई एक्लोपनमा छोडे्नौ पट्क्कै
हुन् त म मान्छुँ धेरै नै स्वार्थी बन्न पुगेँ
खुसीमा अन्तै रमे अनि दुःख तिम्लाई नै भन्न पुगे
होलौ तिमी निर्जीव अरुको लागि मेरो त तिमी मित्र हौ
मेरा कुञ्जीएका भावहरुलाई स्प्रष्ट पार्ने तिमी
चित्र हौ
कसैले नबुझेका मेेरा भावना तिमी नै त बुझ्छौ
यो मनमा झरी पर्दा हरेक चोटी तिमी नै त
रुझ्छौ
तिमी माथि नै त विश्वास अटुट गर्न सक्छु म
किनकी कसैलाई नभनेका कथा तिमी मै भर्न सक्छु म
हो म बेला-बेला यो संसार मै भुलेर तिम्लाई बिर्सी जान्छुँ
तर सत्य-सत्य तिम्लाई नै म मन देखि आफ्नो ठान्छुँ
तिमीबाट नै त मैले असल मित्रको परिभाषा बुझे
तिम्रौ साथले त मैले मित्रताको भाषा बुझे ।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments