छैन भनौ त अनेकौ कुराहरु खेलिरहेछन्,
छैन भनौ त अनेकौ कुराहरु खेलिरहेछन्,
हिजोसम्म सुनिरहने मान्छे म आज त बोल्नु छ, आज त बोल्नु छ।
साट्न त् यहाँ अनेकौ कुराहरु छन् ,
पोख्न त् यहाँ अनेकौ दु :खहरु छन्,
साट्न त् यहाँ अनेकौ कुराहरु छन् ,
पोख्न त् यहाँ अनेकौ दु :खहरु छन्,
हिजोसम्म सुनिरहने मान्छे म आज त बोल्नु छ, आज त बोल्नु छ।
खोजी त केवल एक जीवको भइरहेको थियो जो संग कुराहरु साट्न र दु:खहरु पोख्न सकिन्थ्यो,
भेट्न पनि अनेकौ भेटिए यहाँ तर आफू भने केवल सुन्ने पात्र मात्र बनियो, केवल सुन्ने पात्र मात्र बनियो।
जीवको साथ खोज्दा यहाँ निर्जीवले साथ दिइरहेछ
सुन्ने कान नभएपनि अक्षर बनि बोलिरहेछ, अक्षर बनि बोलिरहेछ।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

