भित्तो | कविता | Sabin Sapkota -[Offline Thinker]

Sabin Sapkota

सत्य पनि त्यहि निलो भित्तो भित्र छ,
भ्रम पनि त्यहि निलो भित्तो भित्र छ,
हिजो सम्म केवल एक भित्तो मात्र थियो,
आज त अनेकौँ भित्तो भित्र रङ्गीन दुनियाँ बसिसकेछ, रङ्गीन दुनियाँ बसिसकेछ ।

हिजो केवल एक भित्तो हुँदा त सत्य कुन भ्रम कुन हुन्थ्यो यहाँ,
आज त अनेकौँ भित्तो भित्र रङ्गीन सत्य-भ्रम लुकेछ,
अनेकौ भित्तो भित्र रङ्गीन सत्य-भ्रम लुकेछ ।

बुझौ पनि त कुन भित्तोको तथ्य यहाँ,
बुझौ पनि त कुन भित्तोको तथ्य यहाँ,
जब कि एकै व्यक्तिको अनेकौँ भित्तोको दुनियाँमा आकाश-पातालको फरक छ, आकाश-पातालको फरक छ ।

-Sabin Sapkota

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Image by Nicole Köhler

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *