म नातसिक चै हैन | कविता | इना बस्नेत [Offline Thinker]

म नातसिक चै हैन

म कहिँले केहि पाउँने आशमा वर्त बसेँ

न म कहिले अन्धविश्वासी कुरामा नै फसेँ
धर्मको नाउँमा पुजा – पाठ सम्म गरेकी छुइन्
हैन-हैन नझुकिनुस म नातसिक चाहि होइन
 
धर्म मेरो कसैले  सोधे भन्छुँ मानवता नै मेरो धर्म
मूर्तीको अगाडि भन्दा मानिसको अगाडि गर्न रुचाउँछु सुकर्म
धर्मको नाउँमा कहिले प्रचार- प्रसार गरेकी छुइन्
हैन- हैन नझुकिनुस् म नातसिक चाहि हैन
 
मन्दिरमा चन्दा नदिएनी भोकालाई भोजन दिन्छु
तिर्थ – धाम गईन् होला तर मनमा आस्था राख्छु
आँखा नै चिम्ली मैले सबै  रीतिरिवाज मानेकी छुईन्
हैन- हैन नझुकिनुस् म नातसिक चाहि हैन
 

Photo by Artem Beliaikin from Pexels

 

 

Read More from Ina Basnet:

हाम्रो प्रेम कथा | कविता | इना बस्नेत [Offline Thinker]

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *