-Nepali Poem
थाहा छैन तिमीबाट नजिक नै छु कि टाढा
यति मात्र थाछ हाम्राे सम्बन्ध छ निकै गाढा
तिमीले जति नै मैले पनि मनमा माया साचेकिछु
अझै पनि एक्लै तर तिमीलाई मुटुमा राखेकिछु
आशा छ म झै तिमी पनि मेरै आभास खोज्दै छौ
हजारौंको भिडमा पनि मलाई नै राेज्दै छौ
मलाई पनि मन छ तिम्रो हात समाती हिड्न
मन छ तिम्रो मायाको साहाराले संसारसँग भिड्न
माफी चाहान्छु पर्खाइ अझै लामो हुन गयो
हाम्रो मिलनको घडी अझै पर सर्ने भयो
आश अझै नमार है मिल्न अवश्य हुने छ
त्यो दिन यो आकाश पनि खुसीको आशुले रुने छ
यात्रा अझै सकेको छैन् अझै म बझ्दै छु
जिम्मेवारी र हाम्रो मायाको लागि लड्दै छु
तिम्रो हुनु अघि मलाई एउटी असल छोरी बन्नुछ
जिम्मेवारी र प्रेम दुवैलाई जिते मैले भन्नुछ
अन्जान छौ अझै तिमी ठम्मयाउँन सकेकी छैन
तर तिम्रो आकृति मनमा भने नभएको हैन
माफँ गरिदिनु यदि हाम्रो प्रेम काहानी अधुरो रहे
यदि म जिम्मेवारीको बोझले प्रेममा असमर्थ भएँ
जीवनमा मिल्न नै भएन भने कमजोर कतै नपर्नु है
नयाँ साथीको हात समाती तिमी चाँहि अघि बद्नु है
सकेसम्म त हाम्रो कथा अधुरो रहन दिने छैन्
भावि नै साथ नभए त पक्कै मेराे चल्ने हैन्
यहि भन्न चाहान्छु फेरी आश अझै नमारे है
मेरो लागि त्यो मनमा साचेको माया अन्त कतै नसार है ।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments