सम्झना ती अतितका | कविता | Kumbha Subedi -[Offline Thinker]

kumbha subedi

म, म बिर्सिने छैन ती तिमीसँगका हरेक पल अनि वातहरु
साथै बिर्सिने छैन पानी बिनाको माछा जस्तै छटपटाएका हरेक रातहरु
तिमी त चट्याँङ्गको उज्यालो जस्तै आयौ अनि छिन मै विलायौ।
तर म…, चट्याँङ्गले पारेको भ्वाङसरी यादमा डुबिरहेका सबालहरु!!!

एकलकाँटे जस्तै बसेका डाँडा अनि गाडी चढ्दा सँगै तिरेको भाडा म बिर्सिने छैन।
निश्चल सम्बन्ध अनि लासलाई पनि आस दिलाउने मुस्कान तिम्रो गाढा कहिले बिर्सिने छैन!!!
आज मनभित्र मात्र तिमीसँग गरेका वाचा अनि सम्झौताको दंगल चलिरहेछ।
के अनि कसो गर्नु आत्मा भित्र नि मेरो पाटो दमकल अनि तिम्रो पाटो दन्दनी बलिरहेछ।

फोन गर्ने त अधिकार छैन मलाई तिमीसँग, तर तिम्रो नम्वर तिमीभन्दा अगाडी कोट्याएर चिन्ने
यी औंलाले मलाई कतै थाहै नदिई नम्बर डायल गरे भने म जवाफदेही हुने कि नहुने!!!
भैगो आँउदिन तिम्रो अगाडी भनेर हर रात अनि दिन भागेँ, तर तिम्रा यादहरु भगेर गएका
ठाँउमा म पुग्नु अगाडी एकरात वास बसिसकेका हुन्थे!!!
अनि फेरि सम्झन्थेँ तिम्ले दिएको अस्थाई साथ अनि स्थायी यादहरु र समाल्थेँ आफूलाई बिर्सिस्
कि जानेबेलामा त्यही अमृतरुपी मुस्कान दिने टोकेर गएका दाँतहरु…….।।।

-Kumbha Subedi

 

Photo by Leah Kelley

 

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *