सम्झना ती अतितका | Nepali Poem | कुम्भ सुवेदी

Nepali Poem

म, म बिर्सिने छैन ती तिमीसँगका हरेक पल अनि वातहरु
साथै बिर्सिने छैन पानी बिनाको माछा जस्तै छटपटाएका हरेक रातहरु
तिमी त चट्याँङ्गको उज्यालो जस्तै आयौ अनि छिन मै विलायौ।
तर म…, चट्याँङ्गले पारेको भ्वाङसरी यादमा डुबिरहेका सबालहरु!!!

एकलकाँटे जस्तै बसेका डाँडा अनि गाडी चढ्दासँगै तिरेको भाडा म बिर्सिने छैन।
निश्चल सम्बन्ध अनि लासलाई पनि आस दिलाउने मुस्कान तिम्रो गाढा कहिले बिर्सिने छैन!!!
आज मनभित्र मात्र तिमीसँग गरेका वाचा अनि सम्झौताको दंगल चलिरहेछ।
के अनि कसो गर्नु आत्माभित्र नि मेरो पाटो दमकल अनि तिम्रो पाटो दन्दनी बलिरहेछ।

फोन गर्ने त अधिकार छैन मलाई तिमीसँग, तर तिम्रो नम्बर तिमीभन्दा अगाडी कोट्याएर चिन्ने
यी औंलाले मलाई कतै थाहै नदिई नम्बर डायल गरे भने म जवाफदेही हुने कि नहुने!!!
भैगो आँउदिन तिम्रो अगाडी भनेर हर रात अनि दिन भागेँ, तर तिम्रा यादहरु भगेर गएका
ठाँउमा म पुग्नु अगाडी एकरात बास बसिसकेका हुन्थे!!!
अनि फेरि सम्झन्थेँ तिम्ले दिएको अस्थायी साथ अनि स्थायी यादहरु र समाल्थेँ आफूलाई बिर्सिन
कि जानेबेलामा त्यही अमृतरुपी मुस्कान दिने टोकेर गएका दाँतहरु…….।।।

Image by congerdesign

 

Read More Nepali Poem at Offline Thinker

टिनको ट्याङ्का | Muskan Pandey

Nepali Poem by Muskan Pandey:

प्रेम! | Muskan Pandey | Nepali Poem

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *