आमा र दुनियाँको दृष्टिकोण | कविता | Kumbha Subedi [Offline Thinker]

Kumbha Subedi

विहान बेलुकी जप्ने छोरो नाममा धव्वा लाग्यो आमा।

यो अवस्था र दुनियाँको नियतीले धक्का लाग्यो आमा।।

 

मैले वच्पनमा भन्थेँ नि मर्छु वा मर्नु परे पनि गर्छु भनेर!

यो दुनियाँले मार्छु तर केहि गर्न दिन्न भनेर अड्कल लियो आमा।।

 

हजुरले भन्नु हुन्थ्यो नि आफूलाई खोलामा पारेर पनि तँलाई पुल तारेर छाड्छु भनेर।

आमा तर दुनियाँले भनिरहन्छ कि अघि बढिस भने खुट्टा तानेर मार्छु भनेर।।।

 

म फेरि फर्कन्छु र नियाल्छु तलवारमा टेकेर बचाउन खोज्ने मेरी आमा अनि घाँटीमा तलवार राखेर  काट्न खोज्ने यो दुनियाँ।। 

र आमाले दिएको अर्ति स्मरण हुन्छ कि छ गेडी सबै मेरी छैनन् गेडि सवै टेडी।।

Image by Susanne Jutzeler, suju-foto

You may also like:

मक्किएको काठ | कथा | विशाल खड्का

Read More Poem:

Poem

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *