हराएको झोला | Prabhat Paudyal
कहिलेकाही भुइँमा जोतेको
सामान हाली बोक्न मिल्ने
रिस पोख्दा ठोक्न मिल्नेयस्तो झोला, जसमा थिएगान्धीका आत्मकथा, माओका चर्चाहरु
आफ्नो देश आफै बनाउन लेखेका पर्चाहरु
जुन भेटेको थिए मैले सडकको किनारमा
जस्तै,
एक बेवारिसे बालक जो उदार हुने आसमा
नियाली रहेको छ हरेक मोर्चाहरु
यस्तो झोला,जुनमा थिए
बाल्यकालका खेलौनाहरु
बुढेसकालका बिलाउनाहरु
हात नभएको हाते घडी
आल्मुनियमको फोल्डेबल छडी
जसमा थियो एम्नेस्टीको नपढिको हाते पुस्तक
जसले बिताइसकेको थियो मानवताको केही सतक
भित्र थियो मोबाइल फोनको डाटा केबल
एउटा पुरानो पिरियोडिक टेवल
जस्मा थियो नपड्किने युरेनियम
जल्न नजानेको प्लुटोनियम
हिरोसिमाको नक्क्सा नच्यातिएको,
अमेरिकी जहाज नमातिएको ,
नतातेको प्लास्टिकको पृथ्वी
अनि केही पुराना डलर नसाटिएको
कागजका ब्राह्मास्त्रहरु
आइन्स्टाइनका शास्त्रहरु
जस्मा मिलेर बस्थे कुराण र गीताहरु
केहि अपूरा गजलहरु र कविताहरु
केही स्पाइडरम्यानका टास्न मिल्ने चित्रहरु
केही लेखिएर पनि नपठाइएका पत्रहरु
धार नभएका छुराहरु
नशा नलाग्ने मदिराहरु
र
एउटा टर्च
चार्ज गर्न मिल्ने तर न गरेको
त्यहि पनि ब्याट्री न मरेको
जसले उज्यालो बनाउथ्यो पुरै गाउँ सहर
र बढाउँथ्यो सबैको बिहन हुने आस रहर
तर
आज आफ्नै हातबाट
हेर्दाहेर्दै आफ्नै साथबाट
सायद रत्नपार्कको भिडमा होला
मेरै लापरवाहीले हरायो त्यो झोला
जसमा थिए
गान्धीका आत्मकथा, माओका चर्चाहरु
आफ्नो देश आफै बनाउन लेखेका पर्चाहरु
जुन भेटेको थिए मैले सडकको किनारमा
जस्तै,
एक बेवारिसे बालक जो उदार हुने आसमा
नियाली रहेको छ हरेक मोर्चाहरु