एउटा नयाँ कविता | Nepali Poem | Prabhat Paudyal

Prabhat Paudyal

एउटा नयाँ कविता | Nepali Poem | Prabhat Paudyal

म अक्षरहरु खोजीरहेँ
म शब्दहरु रोजीरहेँ
म वाक्यसँग डराइरहेँ
म भावहरुमा हराइरहेँ
मैले युद्ध गरेँ शब्दकोषहरुसँग
म जुधीरहेँ जाँंगर जोसहरुसँग
मैले पढ्न खोजेँ उपन्यास कथाहरु
मैले सुन्न खोजेँ दु:ख अनि व्यथाहरु
मैले घुम्ने कुर्सीमा चक्कर लगाएँ
भित्ताहरुमा ठक्कर लगाएँ
काजको पाना कोरिरहें
भोक निन्द्रा छोडिरहेँ
तर
खबर भएपनि
रहर भएपनि
मैले देख्न सकिन
अनि लेख्न सकिन
एउटा नयाँ कविता

त्यसैले त हेरी बसिरहेछु

अल्छीपनको कारण
टाल्न नसकेको
छानोबाट चुहिएको
पानीका थोपाहरु
जो मलाई
पटक-पटक
टपक-टपक
गरेर
जिस्काइरहेछन्

 

Read More From Prabhat Paudyal:

 

White Empty Page | Prabhat Paudyal

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *