प्रेम
जुन पलाई रहेछ
आजकल
म भित्र
त्यो के हो?
यो हो
भ्रम
छल
माया
यो संसार को
जस्को कुनै मोल छैन
या त हो
आहाट
त्यो सत्यको
थरथराहत
ताण्डवको
जुन हो सत्य
र
मात्र सत्य
तर
जे होस
मन पबित्र छ
निचल छ
धन्य छ
जस्तै
एक भक्त
जो सिउरिन्छ
मालती
तिपेर ईश्वरको चरणबाट
Read More Nepali Poem of Prabhat Paudyal :
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments