Nepali Poem | कसरी भए मानिसहरु कवि | Prabhat Paudyal

Nepali Poem | Prabhat Paudyal
प्रेममा समाएको हातले हो की
छुट्ने लागेको साथले हो कि
समाजमा क्रान्तिले ल्याउन पो हो की
जगतमा शान्तिले ल्याउन पो हो की
कत्तिले दु:ख खोजे होला
कत्तिले दु:ख रोजे होला
कसैले खुसी अनि हर्षमा लेखे होला
जन्मदिन अनि नयाँ वर्षमा लेखे होला
खै यसरी नै
कथाहरू देखेर
कविता लेखेर
पो भए मानिसहरु कवि
तर म कविता लेखेर कवि भएको हैन
मैले त आजसम्म कविता लेख्न जानेको छैन
म त यस्तो कवि हो जसलाई कथाले देख्ने गर्छन्
म त यस्तो कवि हो जसलाई कविताले लेख्ने गर्छन्
मेरो रचना सपना अनि ख्वाबले गरेका हुन्
मेरो रचना शब्द अनि भावले गरेका हुन्
खै म त अलमल्ल छु
म लेखेर कवि भए
या कवि भएर लेखे
त्यसैले त मलाई अचम्म लाग्छ
खै कसरी पो भए मानिसहरु कवि

Read More Nepali Poem at Prabhat Paudyal : 

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *