आगो बिना जल्छ मुटु
मायाको ताल खोजु कहाँ ?
सताइ रहन्छ तिम्रै याद्ले
भुल्ने बाटो खोजु कहाँ ?
छटपटाईमै बित्छन रात
मनको सान्ती खोजु कहाँ ?
टिलपिल रहन्छन आँखा हरदम
आँसु सुक्ने झोल खोजु कहाँ ?
टुटेको मन बोकेर हिडे
समेटन आफ्ना खोजु कहाँ ?
मायाको लागि लडनेथे लडाइँ
घृणाको मैदान खोजु कहाँ ?
निरासाले घेर्यो जीवन
आफ्नै खुसी खोजु कहाँ ?
प्राण त्याग्ने रहर छैन
जिउने आसा खोजु कहाँ ?
-Manju Bishunkhe
Read More From Anushma Dhungel:
Read More Nepali Poem at Offline Thinker:
Read More From Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

