Pari Vikram

author
nepali poem Pari Vikram

गजल | Pari Vikram

गजल कति हुन् नि हाय, यो गर् भन्ने राय कुनै कामका फेरि छैनन् उपाय तिनै नेत्रका आँसु नै मेरो व्यय हो त्यो ओठकै हाँसो हो मेरो आय कति प्रेम गर्छौ भनी केले जाँच्नू ? हृदय नै भो तिम्रो त्यही थ्यो निकाय के के हुन्छ भन्दै सन्देह गर्छौ ? नदीको के हुन्छ किनारा सिवाय तिमीलाई भेट्न […]

nepali poem Pari Vikram

दिगो युद्ध | Nepali Poem | Pari Vikram

विवाहमा दुई मन जोडिन्छन् दुई घर जोडिन्छन् तर जब जात, धर्म बीचमा आउँछ तब विवाह एक युद्ध बनिदिन्छ । जहाँ, हारे भने पुरै हार्नेछन् जिते भने पनि आधा जित्‍नेछन् केटीको घर केटाको ससुराली हुनेछैन केटाको ससुराली हुनुपर्ने घर केटीको माइत हुनेछैन भएर पनि नभएको केटाको ससुराली अनि केटीको माइत भएर पनि हुने छैन तिनका केटाकेटीको […]

nepali poem Pari Vikram

Nepali Gajal | Pari Vikram

गजल आमाको कति मान्‍नु सधैँ खै अँगालो जस्तो आफ्नो बनाउन सकिनँ कहिल्यै अँगालो जस्तो मेरो जस्तो अँगालो खोज्दै किन हिँड्छ्यौ के मेरै त अँगालो रहेन, मेरै अँगालो जस्तो दुइटा छातीका मुटु, मुटुमा छोइनुपर्छ ठान्यौ, छाती मात्रै छोइँदै अँगालो जस्तो सबका हुन सक्छन् एउटा छाती, दुइटा हात तर सबका हुन सक्दैनन् है अँगालो जस्तो आज तिमी […]

nepali poem Pari Vikram

दोष | Pari Vikram || Nepali Poem ||

दोष तिमी एउटा नदी आफ्नै छुट्टै मूलबाट निस्किएकी आफ्नै छुट्टै गन्तव्य भएकी र, गन्तव्य चुम्न आफ्नै बाटो भएकी म पनि एउटा नदी तिम्रो जस्तै विशेषता भएको तर तिम्रो भन्दा छुट्टै भएको तिमी बग्दै आयौ आफ्नै बलबुतामा म पनि बग्दै आएँ आफ्नै दु:ख सङ्घर्षमा छुट्टाछुट्टै लक्ष्य लिएर छुट्टाछुट्टै यात्रामा तर संसार त साँघुरो रहेछ समयले भेटायो […]

nepali poem Pari Vikram

गजल | Pari Vikram || Nepali ||

जले बारीमा खर, त्यो खरको कुरा हो धुरीमा जलेपछि त घरको कुरा हो सँगै साथमा छैन तर साथमै छ सँगै बस्ने छैनन्, त्यो अर्को कुरा हो नदीको रहर या विवशताको होइन हिजोको किनारा बगरको कुरा हो कसिङ्गर बिझेको नजरले के बुझ्ला ? परेली बिझेको नजरको कुरा हो ज-जसले फुलाए, तिनैले निमोठे सुक्यो फूल सोचेर घरको […]

nepali poem Pari Vikram

कवि ‘परि विक्रम’का ११ कविता | Pari Vikram | Nepali Poem

  १. औकात तिम्रो संगत चाहेथें मैले तिमी नै पाएँ थाहा पाएँ- ढुंगा खोज्दा देउता भेटेछु मलाई माफ गरिदेऊ म ढुंङ्गा पुज्ने पुजारी हुँ देउता पुज्न ओकात पुग्दैन।   २. बाको घर छोरिले तासको घर बनाउँछ ढल्छ अनि मेरो मुखमा हेर्छ छोरीले खोयाको घर बनाउँछे ढल्छ अनि मैलाई नै हेर्छे सोच्छन् होला- बाले ढल्दा पनि […]

nepali poem Pari Vikram

तिमी अचेल पहिले जस्ती छैनौ | Pari Vikram | Nepali Poem

तिमीलाई भेट्दा तिमी ‘इन्द्रेणी’ थियौ अचेल देख्दा लाग्छ, म ‘ह्यालुसिनेसन’मा छु म देख्छु – स्पष्ट छुट्टिन नमानेका सात रङ म नियाल्छु – तिम्रो अस्तित्वको अर्ध चक्र तर पाउँदै पाउँदिनँ, तिमी जस्ती तिमी । कहरका शीतले कठ्याङ्ग्रिएका रहर देखे तिमी बाध्यताका डाँडा छिचोलेर नि उदाउँथ्यौ अभावले सेकेर धाँजा फाटेका सपना देखे तिमी आफन्तहरूसँग चड्केर नि वर्षिन्थ्यौ […]