प्रमाणपत्र | Nepali Poem | Rahoo Law

Rahoo Law

यो झोलाभरीको प्रमाणपत्र
नाम र जन्म मिति हेर्न भन्दा
काम लागेकै छैन्
तर पनि म सम्हालेर राख्दै छु
र अझै रहर उस्तै छ थपिरहन ।।
भोकको भोजन
रोगको मलम
र अभावको साथी
केही हुन सकेको छैनन्

सानै हुँदा बा ले भन्नुहुन्थ्यो
प्रमाणपत्र भएको भए त
म पनि सुब्बा साब भएको हुन्थेँ
त्यसपछि त झनै रहर बढेको छ
प्रमाणपत्र जम्मा गर्न र सम्हालेर राख्न

अहिले यी सम्हालेर राख्न नसकिने
प्रमाणपत्र छन् मसँग
तर एउटा काम लाएको छैनन्
हैन कमी म मा छ कि
यी मेरा प्रमाणपत्रहरुमा ??

Image by Markéta Machová on Pixabay

 

Read More From Rahoo Law:

 

स्वाभिमान | Rahoo Law

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *