Nepali Poem | साझ नपर्दै मैनबत्ती जलेको दिन !| Suvash Chaulagain

नाति , साझ नपर्दै
जाउ सयर गरेर आउ ,
यता उता हेरेर बुझेर आउ
हावा खाएर आऔ
हुन्छ, जाउ हिड्नुस्
अनि बुढिमाउ चस्मा बिर्सनु भएछ
हहाहा, ठिकै छ
त मेरो आँखाको नानी न होस
हो , हजुरआमा
अलि छेउ तिर देखि हिडाैँ
सडक भरी मोटर बेजोडले दगुरिरहेछ्न्
मेरो हात समा बाबु , अलि बिस्तारै हिड
किन दुगुर्छ यो , बिस्तारै हिड
मेरो हात समातेर हिड
त्यता हेर्नुस त आमा , मान्छेको भिडभाड छ
हल्लाखल्ला पनि भैरहेको छ ,
के भएको हो कुन्नि  ?
बिस्तारै हिड बिस्तारै
त्यता नजाम आमा ,
त्यहा एक जना दिदीको मुख जलिरहेको छ
रोइरहनु भएको छ भुइमा पछारीएर
ओहो ! के अनर्थ भएछ ,
के हुनु नि आमा ,
बिचरीलाई एउटा केटा मोटरबाइका आएर
तेजाब फ्याकेर गएछ
कस्की छोरी हुन कुन्नि ?
लब सबको चक्कर थियो कि
के हो के हो ?
जाउँ हिड्नुस् आमा , घर जाउ
मलाई  त डर लाग्यो
ल हिड, जाउ फर्किउ
अलि उता जाउ त नानी ,
हामीलाई बाटाे छोडिदेउ
आमा, के गरेको होला है त्यस्तो ?
मान्छेको मुख नै जलाइदिएर ?
कस्तो छाला नै
मैनबत्ती पग्लिएको जस्तै पग्लिदो रहेछ
किन त्यस्तो गरेको होला  ?
कति दुख्यो होला है त्यो दिदीलाई ?
मैले त्यस्तो त कहिल्यै देखेको थिइन
मैले चाहि कहा देखेकाे थिए र बाबु ,
दिमाग बहुलाहे पछि के भन्नु र
उमेर बढेका ठिटा , जे गरेनि हुन्छ भनी सोच्छ्न्
त पनि उमेर बढ्दै गएसी ठूलाे हुन्छ्स्
तर यस्तो कहिल्यै नगर्नु ,
मान्छेको छाला, मुहार ;
भन्दा राम्रो त मन हो
मन सफा हुन पर्छ
यो कुरा सधै मनन गरेस्
त्यस्तो पाप गर्नेले सजाय पाउछ बाबु ,
इश्वरले दिन्छ्न् सजाय
पाप गर्नेले कुनै दिन
मैले गलत गरेछु भन्ने बोध पाओस
यहि ठूलाे सजाय हो ,
त अहिले पो सानो छ्स्,
म सँग हिड्छस् , खेल्छ्स्
मैले भनेको सुन्छ्स्
तर ठूलाे भएसी आफ्नै संगत बनाउछ्स्
कसैलाई माया गर्नेछ्स्,  घरजम गर्नेछ्स्
तर त्यस्तो कहिल्यै नगर्नु बाबु
म बुढी डुब्दै गरेको घाम न हु
आज छु भोलि अस्ताउन सक्छु
तर त उदाइरहनु पर्छ ,
यस्ता शोषणको विरुद्द आवाज उठाउनु पर्छ
हुन्छ, आमा हजुरले जसो भन्नु हुन्छ
अहिले मुन्टाे हल्लाएर मात्र भएन बाबु
सबैलाई समान गर्छु,  सम्मान गर्छु, माया गर्छु
भनेर मनन गर , इश्वरले तलाई हेरिरहनेछ्न्
बुझिस, अध्यारो भैसकेछ
तेरी आमाले खोज्दी हो ,
आइसक्यौँ आमा , अब दुई पाइला
घर आइपुगिसक्यो ,
लौ लौ , बिस्तारै हिड
बिस्तारै गए जहा पनि पुगिन्छ ,
हतार गरे भन्न सकिदैन !
कता पुगेर हजुरआमा र नाति ?
यतै बाबु , हावा खान निस्केको
कति बस्नु घर भित्र मात्रै
आउनुस् आमा, यता यता
आमा,  बाबा पनि आइसक्नु भएछ
बुवालाई पनि भन्नुस न है ,
त्यस्तो तेजाब फ्याक्नेको विरुद्द
कार्वाही गर्नुपर्छ भनेर ,
म पनि पछि बाबा जस्तै हुन्छु
शिक्षक, अध्यारोदेखि उज्यालो तिर लिएरआउने
पख, पख  हात खुट्टा धोएर भित्र छिर
अनि बन्लास शिक्षक ,
शिक्षक बन्न धेरै धार्जे हुन पर्दछ
बुझ्स्,  हात धो मिची मिची, खुट्टा पनि धो
ह्स , म पहिला धुन्छु अनि तपाई है
ल धो धो ,
बाबा, आज हामीले एक जाना दिदीलाई
तेजाब फ्याकेको देखेको नि ?
कहा देखिस ?
यहि चोकमा मान्छेको भिड छ
त्यो दिदी रुदै हुनुन्थ्यो
ल , म गए भित्र बसेर पढ्दै गर
म जान्छु, बुझ्छु ,
अस्पताल लगेका छन् कि छैनन ?
आमा, भित्र बस्दै गर्नुस है
खाना खानु भन्दा अघिको औषधि खादै गर्नुस
म केहि बेरमा आउछु
लगि सके होलान , छाडिदे बाबु
आइज भित्रै जाउ
हैन आमा, म पुगेर आउछु
हजुर बस्दै गर्नुस केटाकेटीहरु सँग
केहि साथ दिन सकिन्छ कि
त्यस्तो अवस्थामा, कति पिडा हुँदो हो
तमासा हेर्नेको भिड छ  बाबु ,
नाति डरायाे अनि फर्केकि
त्यहा गएर भिड मात्र नभयेस् ,
बुझिस्
हस् , म गए
हुन्छ ।।
( तेजाब आक्रमण देखिविषम परिस्थितिमा पीडा, दुख भोगिरहेनु भएका दिदी, बहिनी , र वहाँका परिवारमा कुसलता छाओस, धैर्य धारणाको शक्ति मिलोस ।
यी जावा शब्दले त्यो कठिन पीडामा मलम त  लगाउन सक्दैनन् । तर मान्छेलाई मान्छे बन्न प्रयत्न जरुर गराउछ कि भन्ने एक झिनो आशा । )
( अनिश्चयवाचक )

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *