मेरा सोचका ती चङ्गा
उड्न चाहान्छन् आकाशमा
तर हरेक दिन
म बाकासमा घर आउछु
रातो रङ मेरो छोरीलाई धेरै मन पर्छ
मेरो बुवा अझै बाकासमै
खात्राक खुत्रुक राख्ने गर्नु हुन्छ
मेरी आमा र श्रीमतीलाई सम्झेर
म रुन चाहान्न
किनभने म मरिसके
आकाशसदेखि झरिसके
मेरा सोचका
ती चङ्गाको धागो चुडी सके
हे आकाश !
म क्षमाप्रार्थी छु
मैले आउदै गरेको
दशैंमा
तिम्रो आगनमा
चङ्गा उडाउनै सकिन
माफ गरिदेउ है ।।
-Suvash Chaulagain
Read More Nepali Poem at Offline Thinker:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments