Nepali Poem | आदिकविको अमरावती कान्तिपुरी नगरी | Suvash Chaulagain

Bhanu Bhakta Acharya
सूर्य सबेरै उदाउछ्न्
चन्द्र साझ उदाउछ्न्
संसारका यी बिम्ब बिना
सब अधुरा छ्न्
पुरा हुन पुर्खाको निर्मित
चन्द्रसूर्य झन्डा चाहिन्छन्
नेपाल जस्तो देश अरु कहाँ पाइन्छन् र ;
जहाँ हाम्रो देश नेपालको
एक कुनामा भानु उदाए
र यिनीलाई दिलदार
मोतिरामले पनि चिनाए
र संसार नै झलमल्ल पारेर गए
आदिकवि भएर गए
आकासदेखि खसेका पानी
समुन्द्र भए तर्फ जान्छ
पुरातन घासीको कुवा देखि
हर आगन्तुक बटुवाले
पानी खान्छ , पानी पिउछ
अब फेरि घासीसँग
साक्क्षात्कार हुँदैनन होला
अब फेरि राम्घामा
श्री रामको पाउ छ मुख्य नाउ भन्दै
गुनगुनाउनन्न
अमरावती कान्तिपुरी नगरी
अहिल्य काठमाडौं भनी चिनिन्छ
आदिकविको अमरावती कान्तिपुरी नगरी
मेरो काठमाडौं भएको छ
यति दिन पछि मैले आज बालाजी देख्याँ,
पृथवी तलभरीमा स्वर्ग हो जानि लेख्याँ
वरिपरि लहरामा झुली बस्न्या चरा छन्,
मधुर वचन बोली मन् लिँदा क्या सुरा छन्
यहाँ बसेर कविता यदि गर्न पाऊँ,
यसदेखि सोख अरु थोक म के चिताऊँ भन्ने
हाम्रा आदिकवि
पुरा तव हुन्छ्न्
जव हामी नुग्न सिक्छौ
परिवर्तनको नाउ हामी पनि चड्याै
हामी चड्दै छौ
र भात जोर्न अघि अघि लागि रहेछौ
पुरातनलाई छाडी
रीतिरिवाज भुलिरहेछौ
केहि भानुका भक्त देश परदेश गएका छ्न्
केहि भानुका भक्त स्वदेशमा व्यस्त छ्न्
अज्ञात छ्न् त बस !
पुस्तकालयमा
नखोलिएका काव्य
नबोलिएका बधुशिक्षा
हामी प्रजा हाम्रो तन्त्र
रामायण भरि लेखिये
सहज भाषामा मन्त्र
तर हाम्रा रामभक्तहरु
जिवनलाइ गालि गरि बसिरहेछ्न
साला ! जिवनमा केहि गर्न सकियेन
जनिकम्पा जनिकम्पा धरतिमाता
हामी खेल्छौ रामअवतार ।।
-Suvash Chaulagain

Read More Nepali Poem at Offline Thinker:

क बाट कलम ! जनक कार्की | Offline Thinker

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *